पुस १३, २०८०
पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्...
अमेरिका जाने लोभमा पर्दा २ व्यक्तिको ३४ लाख रुपैयाँ रकम डुबेको छ भने आफैं मानव बेचबिखनको जालोमा फस्न पुगेका छन् । उनीहरू अहिले न्याय पाउँ भनी प्रहरीको शरणमा पुगेका छन् ।
मानिस बेचबिखन गरेको आरोप लागेका दाङ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका बस्ने एक दम्पतीमध्ये पत्नी सुधा देवकोटा पक्राउ परे पनि पति मुक्तिनारायण केसी अझै फरार छन् ।
अदालतको आदेशले देवकोटा भने पुर्पक्षका लागि जेल चलान भएका प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।
उनीहरूविरुद्ध विभिन्न मितिमा २ पीडित व्यक्तिको जाहेरी परेको थियो । उनीहरूले अमेरिकामा मासिक ३ लाख रुपैयाँ तलब हुने लोभ देखाएर २७ लाख रुपैयाँ मागेका थिए । एक पीडितबाट उनीहरूले पटक–पटक गरी १९ लाख रुपैयाँ लिएको समेत खुल्न आएको छ ।
सन् २०१९ को जनवरी २५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इण्डोनेसियाको बाली तथा जाकार्ता पुर्याइ बोलेभिया हुँदै अमेरिका जाने भनी लगेका थिए तर विमानस्थलमा पुर्याउदा सेटिङ नमिलेको भनी फर्काए । उनीहरूले पछि पीडितलाई मेक्सिको हुँदै अमेरिका जानी भनी इथियोपिया पुर्याई कोठामा साढे ३ महिना बन्धक बनाएको खुल्न आएको छ ।
आफू बेचिएको थाहा पाएपछि पीडितले घरबाट टिकट मगाइ फर्किएर विक्रम संवत् २०७६ कात्तिक २१ गते ब्यूरोमा जाहेरी दिएका थिए । उनीहरूले अर्का एक व्यक्तिलाई पनि बेचबिखन गरेको भनी जाहेरी परेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।
उनीहरूले एक व्यक्तिलाई काठमाडौंको स्वयंम्भूबाट बसमार्फत भारतको नयाँदिल्लीमा २ महिना राखी फेरि काम नभएको भनी नेपाल फर्काएर मलेसिया हुँदै इण्डोनेसिया पुर्याइएको खुल्न आएको छ ।
अमेरिका लैजाने बहानामा त्यहाँ ७ महिना कोठामा बन्धक बनाइएको र पछि जाकार्ताको इमिग्रेसनबाट उनी पक्राउ परेका थिए । त्यसपछि उनलाई १४ दिन हिरासतमा राखेर नेपाल फर्काइएको थियो ।
विक्रम संवत् २०७६ मंसिर १३ गते आएका पीडित व्यक्तिले १९ गते जाहेरी दिएका थिए । उनीबाट ती दम्पतीले १५ लाख रुपैयाँ लिएको समेत खुल्न आएको छ ।
सोही आधारमा खोजतलासका क्रममा काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीबाट अघिल्लो महिनामा पक्राउ परेकी देवकोटालाई जिल्ला अदालत काठमाडौंको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले बिहीवार एक सूचना जारी गरी जनाएको छ । केसीको भने खोजी जारी रहेको बताइएको छ ।
पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्...
नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो । नेपाली सेनामा रिक्त २२९ अधिकृत प...
नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो । खुला तथ...
काठमाडौं महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक तथा गणक माग गरिएको महानगरले जनाएको छ । काठमाडौं महानगरभित्र ग...
सांसद एवं कांग्रेस नेता प्रदीप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग आग्रह गरेका छन् । नेपाल ...
नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाका लागि आवेदकको बाढी देखिएको छ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढी नेपाली युवाले आवेदन फाराम दिएका हुन् । ईपीएस को...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...