०४ साउन २०८३, सोमबार

ललितपुर महानगरमा ८ स्थानमा कोरोनाको बुस्टर डोज खोप, कहाँ-कहाँ उपलब्ध छ ? [सूचीसहित]

ललितपुर महानगरमा ८ स्थानमा कोरोनाको बुस्टर डोज खोप, कहाँ-कहाँ उपलब्ध छ ? [सूचीसहित]

कोरोनाभाइरस (कोभिड १९)विरुद्धको बुस्टर डोज खोप ललितपुर महानगरपालिकाभित्र ८ स्थानमा लगाइने भएको छ ।

ललितपुर महानगरपालिकाले मंगलवार सूचना जारी गर्दै अग्रपंक्तिमा खटिनेहरूलाई माघ ४ देखि ६ गतेसम्म बुस्टर डोज खोप लगाइने जनाएको हो ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स/शवबाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, विमानस्थलमा कार्यरत कर्मचारी, पत्रकार, सार्वजनिक क्षेत्र आदिलाई कोरोनाको बुस्टर डोज खोप लगाइने सूचनामा उल्लेख छ ।

ललितपुरभित्र सर्वाङ्ग अस्पताल कुपण्डोल, स्टार अस्पताल सानेपा, सुमेरु सीटी अस्पताल पुल्चोक, अल्का अस्पताल खरीबोट जावलाखेल, निदान अस्पताल पुल्चोक, बीएन्डबी अस्पताल ग्वार्को, मेडीसीटी अस्पताल नख्खु र सुमेरु अस्पताल धापाखेलमा खोप लगाइँदैछ ।

खोप कार्यक्रम बिहान १० देखि ४ बजेसम्म जारी रहने बताइएको छ । 

हेर्नुहोस्, सूचना :
 

salt training

कमेन्ट गर्नुहोस्