
अष्ट्रेलियामा रहेका नेपालसहित विभिन्न देशका विद्यार्थीले हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउने भएका छन् ।
विद्यार्थीहरूले ‘पार्टटाइम जब’का रुपमा गर्ने काम हप्तामा २० घण्टा मात्रै गर्न पाउँथे । अष्ट्रेलियाका प्रधानमन्त्रीले त्यसको अवधि बढाउने घोषणा गरेको नेपालस्थित अष्ट्रेलियन दूतावासले जानकारी दिएको छ ।
त्यस्तै आगामी ८ हप्तासम्म भिसा आवेदन शुल्कमा छुट दिइने पनि दूतावासले जनाएको छ ।