×

Nic Asia
Marvel

सरकारी सेवामा मन

सरकारी सेवाप्रतिको समर्पण : जसले त्यागे २ करोडभन्दा बढीको अस्ट्रेलियन स्कलरशिप

काठमाडाैं | माघ ७, २०७८

TVS INSIDE

अधिकांश नेपाली विदेश जान मरिहत्ते गर्छन् । अझ अस्ट्रेलिया, अमेरिका, क्यानडा जान भनेपछि लाखौं खर्च गर्न पनि तयार हुन्छन् ।

IME BANK INNEWS
morang Auto yamaha

हजारौं नेपाली विद्यार्थी भिसामा अस्ट्रेलिया पुगेका छन् । कतिले तै उतै घरजम बसाइसके ।


Advertisment
NMB BANK
Saurya island

तर एक नेपाली यस्ता छन्, जसले एक वर्षको करीब २ करोड ३६ लाख रुपैयाँ (२ लाख अमेरिकी डलर) बराबरको छात्रवृत्ति पाउँदा पनि त्यसलाई त्यागेर नेपालकै सरकारी सेवामा लागे ।

उनलाई अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयमा अध्ययन गर्न २ लाख अमेरिकी डलर बराबरको पूर्ण छात्रवृत्ति उपलब्ध भएको थियो । 

Vianet communication
Maruti inside

तर, अस्ट्रेलिया नगएर उनी देशवासीको सेवामा लागे ।​

हामी कुरा गर्दैछौं, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका सह–प्रमुख मेडिकल ल्याब टेक्निसियन बालकृष्ण अवालका बारेमा ।

‘मलाई पीएचडी गर्नका लागि अस्ट्रेलियाको विश्वविद्यालयले २ लाख डलर बराबरको स्कलरशिप दिएको थियो,’ बालकृष्णले लोकान्तरसँग भने, ‘तर मैले त्यो त्यागेँ सरकारी सेवाका लागि ।’

उनले माइक्रोबायोलोजीमा पीएचडी गर्नका स्कलरशिपमा आवेदन दिएका थिए । तर नाम निस्किरहेको थिएन । सँगै उनले सरकारी जागिरका लागि पनि प्रतिस्पर्धा गर्दै थिए ।

२०७५ साल उनका लागि भाग्यशाली वर्ष बन्यो ।

उनले आफ्नो सपना पूरा गरे, सरकारी जागिरमा नाम निकालेर ।

सँगसँगै अस्ट्रेलियन विश्वविद्यालयमा अध्ययन गर्न २ लाख डलरको स्कलरशिपमा पनि नाम निस्कियो ।

उनी दुविधामा परे, सरकारी जागिर रोजौं कि अस्ट्रेलियाको स्कलरशिप ? 

कति रात त उनी सुत्न समेत सकेन छन् ।

‘दुवैमा नाम निस्केपछि म कति दिन त के गरौं भनेर सोच्दा–सोच्दा सुत्न पनि सकिनँ,’ उनले लोकान्तरसँग भने, ‘करियर कुनलाई छान्ने भनेर डिसिजन लिन मलाई गाह्रो भयो ।’

एकातिर सरकारी जागिरे बन्ने आफ्नो सपना, अर्कातिर धेरै नेपालीको सपनाको गन्तव्य अस्ट्रेलियामा ठूलो धनराशिको स्कलरशिप ।

उनले अस्ट्रेलियामा पढ्दै गरेका साथीभाइसँग पनि सल्लाह गरे । 

अन्ततः उनी नेपालमै बसेर सरकारी सेवा गर्ने निष्कर्षमा पुगे ।

यस्तो निर्णय लिँदा उनलाई दाजुभाइ र आफन्तले सही निर्णय गरिनस्, भनेका रहेछन् । 

तर, उनी देशमै बस्ने अठोटमा पुगिसकेका थिए ।

त्यसपछि उनले विश्वविद्यालयलाई इमेल लेखे ।

‘मनको आन्तरिक द्वन्द्वले सरकारी जागिर खाने निर्णय गर्‍यो । त्यसपछि मैले विश्व विद्यालयका प्रोफेसरलाई पत्र लेख्ने निर्णय गरेको थिएँ,’ उनले लोकान्तरसँग भने, ‘डराई डराई लामो पत्र लेखेँ ।’

अस्ट्रेलियाबाट उनलाई एक लाइनमा जवाफ आयो ।

‘इट्स योर चोइस । यु आर इलिजिवल फर नेक्स्ट प्रोग्राम ।’ बालकृष्णलाई यसले खुशी बनायो ।

‘मलाई चिन्ता थियो, मैले स्कलरशिप त्यागेँ भने अरू नेपालीले पनि पाउँदैनन् कि । तर म समेत पुनः प्रतिस्पर्धा गर्न योग्य हुने जवाफ प्रोफेसरले दिएपछि ढुक्क भएँ,’ उनले लोकान्तरसँग भने ।

उनी पीएचडी गर्न विदेश गएको भए पनि नेपाल नै फर्किने योजनामा थिए रे !

***

भक्तपुरमा जन्मेका बालकृष्णले शान्ति निकेतन आवासीय माध्यमिक विद्यालयबाट २०५१ सालमा एसएलसी गरेका थिए । 

उनले आइएस्सी भने काठमाडौंको सिद्धार्थ वनस्थली स्कूलबाट २०५५ सालमा गरेका हुन् ।

ल्याब टेक्निसियनको पढाइ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) अस्पताल महाराजगञ्जबाट गरेका थिए । 

‘मैले टिचिङबाट ल्याब पढेपछि त्यहाँ २ वर्ष काम पनि गरें । त्यसपछि धुलिखेल अस्पतालमा १ वर्ष करारमा काम गरें,’ उनले भने ।

त्यसपछि उनले पढ्दै निजी कलेजमा पढाउँदै ३ वर्ष बिताए ।

२०७० सालमा भक्तपुरमा मानव अंग प्रत्यारोपण केन्द्र खुल्यो । 

त्यहाँ उनले करारमा प्रमुख ल्याब टेक्निसियन भएर काम गरे ।

त्यस बेलासम्म नेपालमा अंग प्रत्यारोपण गर्ने अत्याधुनिक मशिनहरू थिएनन् । 

उनले ५ वर्षका दौरान विश्वमा रहेका उच्च स्तरीय मशिन नेपालमा ल्याए ।

‘अंग प्रत्यारोपणमा चाहिने अटोमेटिक मशिनको क्षेत्रमा नेपालमा रिभोल्युसन नै ल्याएको हुँ,’ उनले लोकान्तरसँग भने, ‘विश्वमा पाइने एक नम्बर मशिन पनि मेरै पहलमा ल्याइएको थियो ।’

त्यहाँ काम गर्दैगर्दा उनले स्वास्थ्य सेवाको उपप्रमुख मेडिकल ल्याब टेक्नोलोजिस्ट (९ औं तह)मा नाम निकाले ।

भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उनको पोस्टिङ भयो ।

त्यहाँ १ वर्ष काम गरेपछि उनी हाल काठमाडौंको टेकु अस्पतालमा काम गरिरहेका छन् ।

उनी काठमाडौं आएलगत्तै कोरोना भाइरसको महामारी शुरू भयो ।

माइक्रोबायोलोजिस्ट भएका कारणले यससँग जुध्नु उनका लागि पनि ठूलो चुनौती थियो ।

‘विश्वमा नयाँ भाइरस आएपछि त्यसलाई कसरी फाइन्डआउट गर्ने भन्ने च्यालेन्ज हुन्छ । हामीलाई पनि थियो ,’ बालकृष्णले लोकान्तरसँग भने, ‘अझ हाम्रो जस्तो देशमा त उपकरणको पनि अभाव हुन्छ ।’

कोरोनाको समयमा शुरूशुरूमा बिहान ९ बजेदेखि राति ११ बजेसम्म कार्यालयको काममा खटेको अनुभव उनीसँग छ ।

‘त्यो बेलामा टेकुमा मात्रै पीसीआर टेस्ट हुन्थ्यो । हामी निकै कम कर्मचारी थियौं, टेष्ट गर्न जानेका । ५ बजेपछि नमूनाहरू आउँथे,’ उनले भने, ‘त्यो परीक्षण सकेर घर जाँदा रातिको ११/१२ बज्थ्यो ।’

देशभरमै निकै कम संख्यामा रहेका माइक्रोबायोलोजिस्टहरूले निकै खटेर काम गरेको उनी बताउँछन् ।

‘अहिले विश्वमा नै माइक्रोबायोलोजिस्ट कम छन्, नेपालमा कम हुनु त स्वाभाविक नै हो । नेपालमा अहिलेसम्म दर्ता भएका ३ सय मात्र छन् । त्यसमा ५० प्रतिशत विदेश गएका छन् । बाँकी रहेका करीब १५० जनाले निकै खटेर काम गर्नुभएको छ,’ उनले भने ।

विदेश जानुभन्दा आफ्नै देशमा काम गर्दा सम्मान पाइने उनले बताए ।

‘मेरो कन्सर्न के हो भने नेपालमा पढेर नेपालमै काम गर्नुपर्छ । विदेश गएपनि त्यही नै हो, नेपालमा बसे आफ्नै देशमा सम्मान पाइन्छ,’ उनले भने ।

उनी अहिले आएर सरकारले पनि माइक्रोबायोलोजिस्टको महत्त्व बुझेको बताउँछन् ।

‘माइक्रोबायोलोजीको विषय अहिले बल्ल सरकारले बुझेको छ,’ बालकृष्णले भने, ‘हामीजस्ता बायोलोजिष्ट भएनन् भने डाक्टरहरूले कसरी रोग डाइग्नोसिस गर्छन् त ?’

मेडिकल क्षेत्रमा आवश्यक पर्ने थप उपकरणहरू भित्र्याउन पहल गर्ने र नेपालमै रहेर सेवा गरिरहने उनको धोको छ । 

TATA Below
NLIC
जेठ १४, २०७९

रोजगारीको अभाव देखाउँदै विदेशिने युवालाई स्वदेशमै स्वरोजगारको सन्देश दिन सफल भएकी छन् मकवानपुरकी अनिता अर्याल । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–५ दिल्लीपुर निवासी अनिता अर्याल विगत ७–८ वर्षदे...

बैशाख २८, २०७९

सडक दुर्घटनाले मात्रै नेपालको कूल गार्हस्थ उत्पादनको करीब ०.८ प्रतिशत आर्थिक क्षति हुने अनुमान छ । सडक निर्माणकै कारण पहाडी क्षेत्रमा सबैभन्दा बढी पहिरो जाने गरेको छ । सडक बनाएकै कारण पहाडी क्षेत्रमा वार्षिक २...

जेठ १०, २०७९

जीवनको लामो समय पत्रकारितामा खर्चेका गणेश चौधरीको कलमी यात्रा मोडिएको छ ।  पत्रकारितामार्फत समाजलाई सुसूचित, खबरदारी गर्दै आएका उनी अब समाजको सपना साकार पार्ने ठाउँमा पुगेका छन् । सम्भावनालाई वास्...

बैशाख २७, २०७९

स्थानीय तह निर्वाचन रिपोर्टिङको क्रममा मधेश प्रदेशमा लोकान्तरकर्मीहरू चहारिरहेका थियौं । जनकपुरबाट सिरहाको लहान र सप्तरी हुँदै प्रदेश–१ प्रवेश गर्नेक्रममा थियौं । हाम्रो गन्तव्य सुनसरीको इटहरी थियो ।  ...

बैशाख २२, २०७९

जिउमा ब्लाउजजस्तो देखिने एकसरो पातलो र मैलो कपडा । सामान्य धोती । खुट्टामा उति नै सामान्य चप्पल । चाउरी परेको मुहार । वैशाखको ४० डिग्री तापक्रमका बीच दैनिक १२ घण्टा दाउराको आगो र धूवाँवरिपरिको बसाइले हुनसक्छ...

बैशाख २४, २०७९

व्यस्त दरबारमार्ग । दरबारमार्गको अगाडि नारायणहिटी दरबार । नारायणहिटीको अगाडि छ दरबार मल ।  दरबार मलको माथिल्लो तलामा देख्न सकिन्छ हिमालयन जाभा कफी हाउस ।  व्यस्त दरबारमार्गमा जो कोहीले त्यो कफ...

गणतन्त्रमा मदनको सम्झना र एमालेको समीक्षा– दासढुंगा टु सौराहा

गणतन्त्रमा मदनको सम्झना र एमालेको समीक्षा– दासढुंगा टु सौराहा

जेठ १५, २०७९

हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...

गणतन्त्रमा राजैराजा !

गणतन्त्रमा राजैराजा !

जेठ १५, २०७९

दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

ad
x