×

Nic Asia
Marvel

लिटमस केबलद्वारा 'पावर पार्टनर्स मिट–२०७८' सम्पन्न

काठमाडाैं | माघ ७, २०७८

NTC
TVS INSIDE

लुम्बिनी विद्युत उद्योग प्रा.लि.ले बुटवलमा “पावर पाटनर्स मिट–२०७८” सम्पन्न गरेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

कम्पनीले लिट्मस केवल ब्राण्डअन्तर्गत आधुनिक जर्मन प्रविधि एवं अत्याधुनिक पूर्वाधार प्रयोग गरी विभिन्न प्रकारका गुणस्तरीय तार र केबलहरू उत्पादन गर्दै आएको छ ।


Advertisment
NMB BANK
Saurya island

कार्यक्रममा लिट्मस केवलका ब्राण्ड एम्बेसेडर नेपाली चलचित्र जगतका महानायक राजेश हमाल लगायत रुपन्देही जिल्लाका वरिष्ठ उच्च पदस्थ व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो ।

वर्षौँदेखि लिट्मस केवलले ग्राहकहरुलाई प्रदान गर्दै आएको बिक्री तथा सेवाहरुमा सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै पार्टनरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने सम्मेलनको मुख्य उद्देश्य रहेको थियो ।

Vianet communication
Maruti inside

कार्यक्रममा कम्पनीलाई नयाँ उचाइमा पुर्याउन पार्टनरहरुको मेहेनत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भावी योजनाबारे छलफल गरिएको थियो । सोहि अवसरमा कम्पनिका ब्राण्ड एम्बेसेडर राजेश हमालले लुम्बिनी विद्युत उद्योगको पनि भ्रमण गरेका थिए ।

भ्रमणको दौरान कम्पनीले प्रयोग गर्दै आइरहेको एडभान्स जर्मन टेक्नोलोजी मेसिनबाट उत्पादित सामानहरु अवलोकन गरेका थिए । 

सम्मेलनलाई थप अन्तरक्रियात्मक बनाउन विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो । साथ–साथै पार्टनरहरुलाई उल्लेखनीय कामका लागि प्रमाण–पत्र तथा अवार्डहरु हस्तान्तरण गरिएको थियो । साथै कम्पनीका पदाधिकारीहरुले सबै पार्टनरहरुसँग भेट गरि उनीहरुका जिज्ञासा पनि लिएका थिए ।

सम्मेलनमा उपस्थित सम्पूर्णलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले भने, “यहाँहरुको मेहनत र ग्राहक सेवाले गर्दा कम्पनीले नयाँ उचाई हासिल गरेको छ । यसको लागि देशभरका डिलरहरुप्रति आभार प्रकट गर्दछौँ । हामीहरुले यो उचाई कायम राख्न अझै बढी ग्राहक सेवामा केन्द्रित रही बिक्री सेवामा सुधार गर्दै जानुपर्छ । साथै, ग्राहकहरुको विश्वास जित्दै कम्पनीको लक्ष्य हासिल गर्न हामी निरन्तर लागि पर्नुपर्छ ।”

सन् १९७७ मा स्थापित लुम्बिनी विद्युत उद्योग प्रा.लि.नेपालको पहिलो आल्मुनियम कन्डक्टर स्टील रिइन्फोर्स्ड् कन्डक्टर निर्माण कम्पनी हो ।

कम्पनीले हालै नयाँ संरचनाको विकास गरी विभिन्न उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । विगत चार दशकदेखि विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्दै आएको यस कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एडभान्स जर्मन टेक्नोलोजी मेसिनहरुबाट आफ्ना उत्पादन गर्दै आइरहेको छ । यससँगै कम्पनीले आफ्नो उत्पादन क्षेत्र विस्तार गर्दै नेपालकै अग्रणी एवं ठूलो कम्पनी बन्न सफल भएको छ ।

लुम्बिनी विद्युत उद्योग प्रा.लि. नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक एवं व्यापारिक समूहमध्ये एक, रमेश कर्पको भगीनी संस्थाका रुपमा रहँदै आएको छ । कम्पनी बुटवल औद्योगिक क्षेत्र, बुटवलमा अवस्थित छ ।

TATA Below
NLIC
जेठ ८, २०७९

आइएमई मोटर्स 'हाइएस्ट बिजनेस ग्रोथ' अवार्डबाट सम्मानित भएको छ । भारतको कोचीमा शुक्रवारदेखि आयोजित ग्लोबल डिलर्स कन्फ्रेन्समा अशोक लेलैन्डले आइएमई मोटर्सका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ ...

जेठ ८, २०७९

लोकप्रिय नेपाली ई-कमर्स, ग्यापु मार्केट प्लेसले ‘द-बङ टुर रिलोडेड’ को टिकट उपलब्ध गराउने भएको छ ।  दर्शकले ग्यापु डटकमबाट सजिलै टिकट प्रि-बुकिङ गर्न सक्नेछन् । उक्त कार्यक्रमका लागि कुल ३५ हजा...

जेठ ७, २०७९

जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले 'नयाँ वर्ष, भाग्यको वर्षा' योजनामा पहिलो विजेता घोषणा गरेको छ । सोही योजना अन्तर्गत पहिलो लक्की ड्रको बिजेता सेन्साई ब्रान्डको आधिक...

जेठ ११, २०७९

नवरत्न आयल फ्रि हेड मसाज क्याम्प यस वर्ष पनि सञ्चालन गरिने भएको छ ।  विगतदेखि नै सञ्चालन हुँदै आएको मसाज क्याम्प यसपटक पनि नवरत्नले आयोजना गर्ने भएको हो । काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरु पोखर...

जेठ ७, २०७९

चांगन अटोले चाइनिज ब्राण्ड मध्यको पहिलो स्थान कायमै राख्न सफल भएको छ ।  फेब्रुअरी २०२२ को तथ्याकं अनुसार चाइनाको १० उत्कृष्ट घरेलु अटोमोबाइल ब्राण्ड माझ चांगन  पहिलो भएको थियो । यात्रु बाहक कार को बि...

जेठ ९, २०७९

भारतको सबैभन्दा ठुलो अटोमोबाईल कम्पनी टाटा मोटर्सले आफ्नो ललितपुरको महत्वपूर्ण शोरुम सातदोबाटोस्थित सिप्रदीको आधिकारिक डिलर जे.बि. अटोमोटिभ प्रा.लि.को उद्घाटनबाट शुरु गरेको छ । टाटा मोटर्सको एक मात्र आधिकार...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

जेठ १०, २०७९

स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

ad
x