बैशाख १९, २०७९
संसद भवनभित्र पोर्न चलचित्र हेर्ने ब्रिटिश सांसदले पदबाट राजीनामा दिएका छन् । संसदमा २ पटक पोर्न भिडियो हेरेको अर्की महिला सांसदले संसदमै बताएपछि यस घटनाबारे चर्चा भएको थियो । ब्रिटिश सांसद...
फ्रान्समा एक युवक अस्पतालबाट भागे । त्यसपछि उनले एक महिलाई कुटपिट गरे ।
महिलालाई कुटपिट गरिरहेकै अवस्थामा ती युवकलाई भीडले समायो र प्रहरीलाई बुझायो । प्रहरीले अनुसन्धानकै क्रममा पत्ता लगायो की युवक नरभक्षी नै रहेछन् । ती युवकले किसानको मुटु झिकेर सागसब्जीसँग पकाएर खाएको प्रहरीले पत्ता लगायो ।
न्यूयोर्क पोस्टमा प्रकाशित एक रिपोर्टका अनुसार ती युवकको नाम जेरेमी रिमबाउड हो । उनको उमेर ३४ वर्ष भएको बताइएको छ ।
उनी २०११ देखि फ्रान्सको एक अस्पतालमा बन्द थिए । अस्पतालमा उनको दिमागको उपचार भइरहेको थियो ।
उनी अफगानिस्तानमा सैनिकका रुपमा समेत काम गरिसकेका थिए । अस्पतालबाट भेगेपछि ती युवक फ्रान्सको टोलउस पुगे । त्यहाँ एक महिला आफूले पालेको कुकुर घुमाइरहेकी थिइन् । ती युवकले सोही महिलामाथि आक्रमण गरेको खुलेको बताइएको छ ।
ती युवकलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ ।
२०११ मा नौइल्हानमा ९० वर्षीय किसान लियोपोल्डको उनले हत्या गरेका थिए । प्रहरीका अनुसार उनले किसानको जिब्रो मुटु झिकेर पकाएर खाएको समेत पुष्टि भएको छ ।
संसद भवनभित्र पोर्न चलचित्र हेर्ने ब्रिटिश सांसदले पदबाट राजीनामा दिएका छन् । संसदमा २ पटक पोर्न भिडियो हेरेको अर्की महिला सांसदले संसदमै बताएपछि यस घटनाबारे चर्चा भएको थियो । ब्रिटिश सांसद...
पतिको हत्या कसरी गर्ने शीर्षकको ब्लग लेख्ने उपन्यासकार न्यान्सी क्राम्पटन ब्रोफी आफ्ना पतिको हत्या गरेको आरोपमा अदालतमा मुद्दा खेपिरहेकी छन् । ब्रोफीको मुद्दा कुनै जासूसी उपन्यासको कथा झैं लाग्छ । बीमाको रकम...
भारतको पञ्जाब राज्यमा एक कर्मचारीले घूस खाएको र त्यसलाई पचाउन उनलाई मुश्किल परेको भिडियो सार्वजनिक भएको छ । मोगा जिल्लाको चूहडचक गाउँमा विद्युत् प्राधिकरणका एक मिटर रीडरले एक परिवारसँग एक हजार भारु ...
पछिल्लो समय आम मानिसको समस्या मोटोपनको देखिन्छ । मोटोपनका कारण तनावमा हुन्छन् प्रायः मानिस । कसरी फिट रहने भन्ने सोचमै हुन्छन् धेरै जसो । मानिसले भने मोटोपन घटाउनका लागि अनौठा अनौठा उपायहर...
संसारमा विचित्रका मानिसहरू भेटिन्छन् । जापानमा यस्तै एक विचित्रका मानिसलाई कुकुर बन्ने सोख छ । टोको नामक ती व्यक्ति कुकुर बनेका छन् र आफ्नो तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका छन् । यी व्यक्तिलाई बाल्यक...
सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ । जुन भिडियोमा एक आमाले आफ्नो बच्चाको सुरक्षा कसरी गर्छिन् भन्ने देख्न सकिन्छ । अर्थात आफ्नो सन्तानको सुरक्षालाई लिएर कति चनाखो हुन्छिन् भन्ने कुरा भिडियोले द...
हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...
दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...