२२ असार २०८३, सोमबार

चलचित्रमा एलियन्स आएजस्तै आकाशबाट आयो चम्किलो प्रकाश, के यूएफओले चक्कर लगाएको हो ?

माघ १२, २०७८
चलचित्रमा एलियन्स आएजस्तै आकाशबाट आयो चम्किलो प्रकाश, के यूएफओले चक्कर लगाएको हो ?
image credit: Twitter @NewsBop

एलियनको अस्तित्वलाई लिएर विश्वभर बहस चलिरहेको छ । वैज्ञानिकहरूले एलियनहरू वास्तवमै छन् कि छैनन् भनेर पनि अनुसन्धान गरिरहेका छन् । 

विश्वभर एलियन्स र यूएफओका बारेमा विभिन्न दाबी गरिन्छ तर केही समययता एलियन्सको अस्तित्वको चर्चाले तीव्रता दिएको छ । फेरि एक पटक एलियन्सबारे चकित पार्ने दाबी गरिएको छ ।

अहिले टर्कीबाट केही रहस्यमय तस्वीरहरू बाहिर आएका छन्, जसलाई देखेर मानिसहरू छक्क परेका छन् । यहाँ एलियन्सले दिउँसो नै आकाशबाट चम्किलो प्रकाश पठाएको दाबी गरिएको छ । 

मानिसले फिल्ममा मात्रै यस्तो दृश्य देखेका थिए । यहाँ दिउँसो आकाशबाट चम्किलो प्रकाश आएको देखेर मानिसहरू भने छक्क परेका छन् । 

कतिपय मानिसहरूले एलियन्सले आकाशमा चम्किलो बत्ती बालेको बताउँछन् । 

भएको के हो ?

आकाशबाट जमिनमा परेको चम्किलो प्रकाश करीब ३ घण्टासम्म देखिएको थियो । 

यस्तो उज्यालो यसअघि कहिल्यै नदेखेको स्थानीय बताउँछन् । 

यी तस्वीरहरू जिग्ना गुमुस्कायाक स्की सेन्टरले खिचेका हुन् जुन समुद्रमाथि करीब २१ सय मिटरको उचाइमा देखिएको थियो ।

स्की सेन्टरका प्रवक्ता अब्दुल्लाह एरोग्लुले यस्तो उज्यालो यसअघि कहिल्यै नदेखेको बताए । 

यद्यपि धेरै वैज्ञानिकहरूले भने कि यो क्रेपस्कुलर रेज हो । यो उज्यालो बादलको एक ठाउँबाट तल आउने गर्छ,  यो बेलाबेलामा देखिने गर्छ र यसलाई एलियन्ससँग जोड्नु ठीक नभएको वैज्ञानिकहरू बताउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्