२८ असार २०८३, आइतबार

हात्ती ८ स्ट्रङ बियरको 'हात्ती मेरो साथी' टिकटक च्यालेन्ज

हात्ती ८ स्ट्रङ बियरको 'हात्ती मेरो साथी' टिकटक च्यालेन्ज

हात्ती ८ स्ट्रङ्ग बियरले जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको परिसरमा एक कार्यक्रम बीच ‘‘हात्ती मेरो साथी” टिकटक च्यालेन्ज सम्पन्न गरी विजेताहरू घोषणा गरेको छ ।

उक्त च्यालेन्जमा भाग लिन सहभागीहरूले टिकटकमा उपलब्ध ‘‘हात्ती मेरो साथी” को गीतमा नाचेर आश्विन १५ देखि मङ्सिर १४ भित्र टिकटक भिडियो अपलोड गरेका थिए ।

सर्वाधिक लाईक प्राप्त गरि पहिलो हुन सफल जानकी कुमारी बरालले नगद रू. १,००,००० दोस्रो हुन सफल चन्द्र कुमारी फुयाल (हजुरआमा) ले नगद रू. २५,००० तथा तेस्रो हुन सफल सुरुची श्रेष्ठले नगद रू. १०,००० को साथै तीनै विजेताहरुले २ जनाको लागि २ रात/३ दिनको सौराहा भ्रमणको प्याकेज पाएका छन् ।

यस प्रतियोगितामा नेपालका विभिन्न ठाउँबाट आएका विभिन्न उमेर समूहका थुप्रैले बनाएको नाचेको टिकटक भिडियोहरू ३० लाख भन्दा बढी पटक हेरिएको थियो ।

हात्ती ८ बियर जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज अन्तर्गत संचालित राज ब्रुअरी प्रा. लि. द्वारा उत्पादित स्वदेशी प्रिमियम स्ट्रङ्ग बियर हो । ३३० मिलीको सानो बोतलमा उपलब्ध यो बियरमा अल्कोहलको मात्रा ८% छ । हात्ती ८ प्रिमियम स्ट्रङ्ग बियर युवा पुस्ताका बियर पारखीहरु माझ अत्याधिक रुचाइएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्