जेठ १५, २०७९
हराइरहेको तारा एयरको जहाज भेटिएको तर, दुर्घटनास्थलमा जान नसकिएको वायुसेवा संञ्चालक संघ जनाएको छ । संघका प्रवक्ता योगराज शर्मा कँडेलले ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज भेटिइसकेको तर दुर्घटनास्थलमा ...
काठमाडाैं | माघ १२, २०७८
राष्ट्रियसभा सदस्य निर्वाचनमा एमालेलाई ‘क्लीन स्वीप’ गर्ने सत्तारुढ गठबन्धनको योजना विफल भएको छ ।
निर्वाचनमा एमालेले राष्ट्रिय सभाबाट ७ सीट गुमाएको छ । १ नम्बर प्रदेशमा अल्पसंख्यकतर्फ एमालेका उम्मेदवार सोनाम ग्याल्जेन शेर्पा विजयी भएसँगै गठबन्धनको ‘क्लीन स्वीप’ योजना विफल भएको हो ।
निर्वाचन भएका ७ मध्ये ६ वटा प्रदेशमा पराजित भएको एमालेले १ नम्बर प्रदेशमा भने गठबन्धनको मत तान्न सफल भयो ।
राष्ट्रिय सभाका २० जना सदस्यको ४ वर्षे कार्यकाल समाप्त हुन लागेपछि निर्वाचन भएको हो । उनीहरूको कार्यकाल फागुन २१ गते सकिँदैछ । त्यसबाहेक राष्ट्रपतिबाट मनोनित भएका विज्ञ सदस्य रामनारायण बिडारीको पनि ४ वर्षे कार्यकाल आगामी फागुन २१ गते सकिँदैछ ।
बुधवारको निर्वाचनमा ७ प्रदेशमा ७ महिला, ३ दलित, २ अपाङ्गता तथा अल्पसंख्यक र ७ अन्य क्लस्टर गरी १९ सदस्यका लागि ४३ जना उम्मेदवार बनेका थिए । १९ सीटमा गठबन्धनले १८ सीट जितेको छ ।
राष्ट्रियसभा ५९ सदस्यीय हुन्छ । सभाका सदस्यको कार्यकाल ६ वर्षको हुन्छ तर पहिलो १ कार्यकालका लागि गोलाप्रथाबाट सदस्यको पदावधि निर्धारण गरिएको थियो । त्यसमध्ये पहिला २ वर्षमै १९ जनाको पदावधि सकिएर निर्वाचन भइसकेको छ ।
अबको २ वर्षपछि अन्य २० जनाको पदावधि सकिने छ । राष्ट्रिय सभामा जुन पद खाली हुन्छ, त्यही पदका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा मात्रै निर्वाचन हुने व्यवस्था छ । राष्ट्रियसभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगावै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
अब कसको कति सीट ?
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट नेकपा एमाले र माओवादी केन्द्र विभाजन हुँदा पनि एमाले २४ सीटसहित राष्ट्रिय सभामा पहिलो दल थियो । एमालेले यसपालि ८ सीट गुमाउँदैछ । जसमध्ये निर्र्वाचनबाट १ सीट सुरक्षित राख्न सफल भएको छ । चुनावमा ७ सीट गुमाउँदा पनि एमाले नै राष्ट्रिय सभामा पहिलो दल हुने भएको छ । अब राष्ट्रिय सभामा एमालेसँग १७ सीट मात्रै हुन्छ ।
राष्ट्रिय सभामा माओवादीको १४ सीट थियो । यसपटक उसको ४ सीट खाली हुँदैछ तर निर्वाचनबाट ५ सीटमा जीत निकालेको छ । अब राष्ट्रिय सभामा माओवादी सांसदको संख्या १५ पुगेको छ ।
राष्ट्रिय सभामा ७ सीट भएको कांग्रेसको यसपटक ३ सीट खाली हुँदैछ । कांग्रेसले ६ सीट जितेकाले राष्ट्रिय सभामा कांग्रेसको १० सीट भएको छ ।
नेकपा एकीकृत समाजवादी (एस) पार्टीको राष्ट्रिय सभामा ७ सिट थियो । यसपटक एसका ४ सांसद राष्ट्रिय सभाबाट बाहिरिनुपर्ने थियो । निर्वाचनमा एकीकृत समाजवादीले ५ सिटमा जितेकाले राष्ट्रिय सभामा एसको ८ सीट भएको छ ।
राष्ट्रिय सभामा २ सीट भएको जनता समाजवादी पार्टी (जसपा) ले निर्वाचनबाट १ सीट थपेको छ भने राष्ट्रिय जनमोर्चा १ सीटसहित राष्ट्रिय सभामा प्रवेश गरेको छ ।
राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीको १ सीट र स्वतन्त्र सांसद १ जना छन् ।
राष्ट्रिय सभाको ५९ सदस्यमध्ये ३ जना राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।
राष्ट्रिय सभाको यस पटकको निर्वाचनले सबैभन्दा बढी फाइदा कांग्रेसलाई भएको छ । गठबन्धनमा भएको कारण कांग्रेसले राष्ट्रिय सभामा १० सीट पुर्याउन सफल भएको छ । कांग्रेस एक्लै चुनाव गएको भए राष्ट्रिय सभामा कांग्रेस ३ सीटमा सीमित हुने अवस्था थियो ।
त्यसबाहेक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीले राष्ट्रिय सभामा यसअघिको भन्दा १/१ सीट बढी थप्न सफल भएका छन् ।
गठबन्धनमा भएकै कारण राष्ट्रिय जनमोर्चा पनि राष्ट्रिय सभामा उपस्थित भएको छ । प्रतिनिधि सभामा जनमोर्चाबाट दुर्गा पौडेल मात्रै सांसद छिन् ।
हराइरहेको तारा एयरको जहाज भेटिएको तर, दुर्घटनास्थलमा जान नसकिएको वायुसेवा संञ्चालक संघ जनाएको छ । संघका प्रवक्ता योगराज शर्मा कँडेलले ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज भेटिइसकेको तर दुर्घटनास्थलमा ...
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा गर्न आफूहरू सफल भएको बताएका छन् । शनिवार संसदमा बैठकमा सम्बोधन गर्दै देउवाले भने, ‘हाम्रो प्रयासबाट संविधानको रक्षा भएको छ ।’ उनले यसअघि...
कास्कीमा क्रियाशील पाँचदलीय गठबन्धनले गण्डकी प्रदेश सरकारले प्रदेशका पूर्वपदाधिकारीलाई सुविधा र सुरक्षा उपलब्ध गराउनका निम्ति कानुनी मस्यौदा तयार गर्न गठन गरिएको कार्यदल भङ्ग गर्न माग गरेको छ । पाँचदलीय गठबन्धन...
संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा मूल्य घटाउने सरकारको निर्णय यथाशीघ्र कार्यान्वयनमा ल्याउन माग गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु ...
आगामी आर्थिक वर्षको लागि सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम माथिको छलफल सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार संघीय संसदको दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गरेर सरकारको नीति ...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरेमा मात्र समृद्धि कायम हुने बताएका छन् । विराटनगरको पुष्पलाल चोकमा आज आयोजित पार्टी प्रवेश तथा बृहत् आमसभामा उनले...
दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...