२२ असार २०८३, सोमबार

यसरी बनाउनुस् सोया चप करी

माघ १६, २०७८
यसरी बनाउनुस् सोया चप करी

प्रोटीनले भरपूर सोयालाई स्वादिलो परिकार बनाएर खान सकिन्छ । यहाँ हामी सोया चप करी बनाउन सिकाउँछौं ।

सामग्री

तेल दुई ठूला चम्चा

सोया चपस्टिक चारवटा

तेजपत्ता एउटा

जिरा एक सानो चम्चा

प्याजको पेस्ट दुई ठूलो चम्चा

नून एक सानो चम्चा

बेसार एक सानो चम्चा

अदुवा लसुनको पेस्ट एक सानो चम्चा

धनियाको धूलो एक सानो चम्चा

जिराको धूलो

टमाटरको पेस्ट एक कप

हरियो धनियाँ (काटेको) दुई ठूलो चम्चा

मेथीको धूलो एक चिम्टी

पानी एक कप

क्रीम आधा कप

विधि

एउटा प्यानमा तेल तताएर सोया चपस्टिक हलुका ब्रोन रंग आउन्जेल तार्नुस् ।

त्यही प्यानमा तेजपत्ता, जीरा र प्याजको पेस्ट हालेर भुट्नुस् । 

अब त्यसमा नून र बेसार मिसाउनुस् । 

मसलामा अदुवा लसुनको पेस्ट, धनियाँ, धूलो जीरा हालेर भुट्नुस् । 

सबै मसला पाकेपछि त्यसमा पानी मिसाएर टमाटरको पेस्ट पनि हाल्नुस् । 

सानो आगोमा ग्रेभीलाई पाक्न दिनुस् । 

यसरी तयार भएको ग्रेभीमा धनियाँ र क्रीम मिसाउनुस् । 

अब त्यसमा सोया चपस्टिक राखेर केही बेर पकाउनुस् ।

चप तयार भयो । 

त्यसलाई क्रीमले गार्निश गरेर खानुस् । 
 

salt training

कमेन्ट गर्नुहोस्