११ असार २०८३, बिहीबार

बागलुङमा ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज

माघ २१, २०७८
बागलुङमा ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज
फाइल तस्वीर।

बागलुङका ६२ देखि ६४ वर्षभित्रका ज्येष्ठ नागरिकलाई  शुक्रवारदेखि कोभिड–१९ विरुद्धको बुस्टर डोज दिन थालिएको छ । सो उमेर समूहका झण्डै तीन हजार ५०० जनाले खोपको थप मात्रा पाउने छन् । 

खोपको दोस्रो मात्रा लगाएको ६ महिना पुगेका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले बताए । उनका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा अहिले कोभिड–१९ विरुद्धको खोप अभियान चलिरहेको छ । 

उनले सरकारी नीतिअनुरुप नै जिल्लामा खोपको उपलब्धता हेरेर सबै ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने बताए । 

यसअघि महामारीका बेला अग्रभागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, पत्रकारलगायत गरी करीब तीन हजारलाई बुस्टर डोज दिइएको थियो । 

कोभिशिल्ड र भेरोसेल खोप लगाएकाले त्यसकै थप मात्रा पाएका हुन् । पहिले जुनसुकै खोप लगाएको भए पनि अहिले कोभिशिल्डकै बुस्टर मात्रा दिन मिल्ने गरी नयाँ खोप वितरण नीति तय भएको सुपरभाइजर खत्रीले बताए । 

बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले आज र मंगलवार ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्