
लोक सेवा आयोगले नेपाल न्याय सेवाअन्तर्गत तीन जनालाई सहसचिवमा बढुवा सिफारिस गरेको छ ।
सरकारी वकिल समूहमा गोविन्द खनाल, कानून समूहमा अरुणा जोशी र न्याय समूहमा सूर्यवंश शर्मा कँडेललाई सिफारिस गरिएको हो ।
आयोगले यी तीनै जनालाई सहसचिवमा बढुवाका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरेको हो ।


