
सिप्रदी ट्रेडिङ्ग प्रा.लि.को सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन सहायता संस्थाको सहकार्यमा संचालन भएको निःशुल्क ६ महिने अटो–इलेक्ट्रिसियन तालिम पाचौं समूह गत माघ २८ गते सम्पन्न भएको छ ।
दीक्षान्त समारोहमा कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष राजन बाबु श्रेष्ठ र प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरीले उत्कृष्ट प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र र पुरस्कार प्रदान गरेका थिए ।
समारोहमा प्रशिक्षार्थीहरुलाई बधाई दिंदै प्रमुख कार्यकारी अध्यक्ष श्रेष्ठले अटोमोबाइल क्षेत्रमा द्रुत गतिमा नयाँ प्रविधिको प्रवेश हुन गइरहेको अवस्थामा अटोइलेक्ट्रिसियनका लागि रोजगारको उत्कृष्ट अवसरहरू रहेको जानकारी दिएका थिए ।
सम्पूर्ण १० प्रशिक्षार्थीहरूले सिप्रदीको नेपालभर रहेका वर्कशपहरुमा रोजगारीको अवसर प्राप्त गरेका छन् । उक्त ६ महिने अटो–इलेक्ट्रिसियन तालिम सिप्रदी ट्रेनिङ सेन्टरले निशुल्क प्रदान गर्दै आइरहेको छ ।