२९ असार २०८३, सोमबार

निकै धनी थिए बप्पी लाहिडी, सुनका गहना लगाएर घुम्थे

फागुन ४, २०७८
निकै धनी थिए बप्पी लाहिडी, सुनका गहना लगाएर घुम्थे

बलिउडका डिस्को किङ बप्पी लाहिडीको देहान्त बुधवार मुम्बईको क्रिटीकेयर अस्पतालमा भएको छ ।

सन् १९८० र १९९० को दशकमा लोकप्रिय संगीत दिएका बप्पी ६९ वर्षका थिए । अनेकौं स्वास्थ्य समस्याका कारण उनको निधन भएको हो । 

उनी जतिखेर पनि सुनका गहनाहरू लगाएर हिँड्ने भएकाले उनलाई गोल्ड म्यान भनेर पनि चिनिन्थ्यो । सुन आफ्नो लागि सौभाग्यशाली भएको उनको मान्यता थियो । 

सुनबाहेक पनि बप्पीसँग करोडौंको बंगला र विलासी गाडी थिए । 

भारतीय सञ्चामाध्यमहरूमा आएको खबरअनुसार, बप्पीको कुल सम्पत्ति २२ करोड भारु छ । उनी प्रत्येक गीतका लागि १० लाख भारु तिराउँथे । 

बप्पीले आफूसँग ७५४ ग्राम सुन भएको जानकारी सन् २०१४ मा लोकसभा चुनाव लड्ने क्रममा भरेको एभिडेविटमा उल्लेख थियो । त्यतिखेर त्यति सुनको मूल्य लगभग १७ लाख भारु थियो । 

संगीतबाहेक बप्पीले रियालिटी टीभी शो, लाइभ पर्फर्मेन्स र अभिनयबाट पनि पैसा कमाउने गरेका थिए । 

बप्पी मुम्बईमा निकै विलासी घरमा बस्थे । सन् २००१ मा उनले उक्त घर किनेका थिए । त्यस विलासी घरको मूल्य ३ करोड भारु भएको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्