
बालसाहित्य क्षेत्रमा कलम चलाउँदै आएका सर्जक जितेन्द्र रसिकको नयाँ कृति ‘हनुमानको करामत’ बजारमा आएको छ ।
बालचित्र कथा कृति इर्टनल प्रकाशन प्रालिले बजारमा ल्याएको हो ।
उक्त चित्रकथामा बालमनोविज्ञानमा आधारित रहेर राम र हनुमानको रोचक कथानक उठान गरिएको छ ।
चित्रकथामा बालबालिकाले सजिल बुझिने गरि सरल भाषा र चित्रकोे प्रयोग गरिएको छ ।
राम र हनुमानको उपत्यका यात्राका विषयलाई मिथकमा आधारित भएर कथालाई रोचक तरिकाले प्रस्तुत गरिएको छ । कथा कृति पढेपछि बालबालिकाले भरपुर मनोरञ्जनका साथै राम र हनुमानका ऐतिहासिक विषयबारे पनि जानकारी लिन सकिने कथाकार रसिकले बताए ।
इर्टनल प्रकाशन प्रा.लि.ले पकाशन गरेको उक्त कृतिको आवरण चर्चित चित्रकार प्रज्वल थापाको रहेको छ ।
विद्यालयका विद्यार्थीलाई लक्षित ‘हनुमानको करामत’ चित्रकथा प्राथमिक तहका बालबालिकाका लागि उपयोगी पुस्तक रहेको इर्टनल प्रकाशन प्रालिले जनाएको छ ।
पुस्तकको मूल्य रु १५५ रुपैयाँ रहेको छ । हनुमानको करामत’ रसिकको १३ औं कृति हो ।