×

NMB BANK
NIC ASIA

सन्दर्भ : एमसीसी

महामहिम अमेरिकी राजदूतलाई खुलापत्र– हामीलाई आफ्नो धर्तीमा चैनका साथ जिउन दिनुस्

फागुन ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

महामहिम राजदूत र्‍यान्डी बेरी अभिवादन !

Muktinath Bank

मध्य फेब्रुअरीको यो चिसो सिरेटोसँगै आएको स्वच्छ अक्सिजनको स्रोत ऊ त्यही माथिको हिमालय पर्वतमाला हो । मोती झैं टल्केका मनमोहक हिमश्रृंखलाहरूको मुख्य धुरी संसारकै सर्वोच्च शिखर सगरमाथा जसलाई तपाईं माउन्ट एभरेस्ट भन्नुहुन्छ । हो त्यही शिखरमा हाम्रा तेन्जिङ दाइ र तपाईंका ‘एडमन्ड ब्रो’ले एकैसाथ सफल आरोहण गरे । सँगै शिखर चढ्दाको त्यो सहयात्राबारे सकरात्मक चर्चा, आत्मीयता र न्यानो हार्दिकताको गहिरो प्रभाव हामी कहाँ छ । कल्पना गरौं, सायद पश्चिमी गोलार्द्ध पनि त्यत्तिकै होला । यो हाम्रो भावनात्मक पक्ष हो । तपाईंकोमा छ, या छैन हामी एकिनका साथ भन्न सक्दैनौं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तपाईं–हाम्रो सम्बन्ध असल मित्रको विश्वासिलो सहयात्रासँग जोडिएको छ । हाम्रो सम्बन्ध शुरूआतको ऐतिहासिक कालखण्ड आफैँमा विशेष महत्त्वको छ । सहयात्राको सहस्राब्दीमा आइपुग्न त्यसका एक चौथाइ वर्षहरू बाँकी छन् । छोटो समयमा सम्बन्ध र विश्वसनीयताको बृहत् गहिराइका लागि सिंहदरबारले ह्वाइट हाउसलाई महाशक्तिको औपचारिकतामा मात्र होइन, महत्त्वपूर्ण मित्रका रूपमा लिँदै आएको छ ।


Advertisment
Nabil box
Kumari

अब त्यसैको अर्को पक्षतिर मोडिनुस्, त्यही संसारको सर्वोच्च शिखर सगरमाथा जसलाई चिनियाँहरूले चोमोलोङमा भन्छन्, त्यहाँ हामी सँधियार हौं । प्रकृतिले हामीलाई त्यस हिमश्रृङ्खलाको स्वच्छ वायुको न्यायोचित वितरण गरेको छ । प्रकृतिको अनुपम उपहार त्यस स्वच्छ हावाका हामी प्राकृतिक साझेदार हौं ।

Vianet communication
Laxmi Bank

हाम्रा याक र चौंरीहरूले भौगोलिक विभाजनको सीमारेखालाई वास्ता गर्दैनन्, ती दिउँसो चिनियाँ भूमिमा जान्छन् र साँझ आफ्नो बासस्थान नेपाली भूमिमा आइपुग्छन् । हाम्रो पानीको मुख्य स्रोत त्यही हिमालय पर्वतमाला हो र केही नदीका मुहान चीनको भूगोल हुँदै आएका छन् ।

भृकुटी र स्रङचङ गम्पोको विवाहको सांस्कृतिक इतिहासबारे तपाईं बेखबर हुनुहुन्न । प्रतिभाशाली कलाकार हाम्रा एकजना विभुती अरनिको र चिनियाँ सम्राट कुब्ला खाँको संवादबारे पनि सायद यहाँले सुन्नुभएकै छ । तपाईंलाई थाह छ, हामीले भर्खरै मात्र सगरमाथाको उचाई पनि सँगै नापेका छौं । अब तपाईं भन्नुस्, यस सम्बन्धको गहिराइ र उचाइ कति होला ?

महामहिम राजदूत यहाँ लामो समयदेखी नेपालमै हुनुहुन्छ । पक्कै पनि तपाईंलाई गौतम बुद्धबारे औसत नेपालीहरूको भन्दा 'फार बेटर' जानकारी छ । त्यसैले हामी शान्तिका प्रस्तावक हौं र शान्तिप्रेमी बुद्धको भूगोलमा कुनै प्रकारका गैर-आवश्यक हिंसा र प्रतिरोधको परिकल्पना गर्दैनौं ।

हो हाम्रो अर्को इतिहास छ, हामी गोर्खाली हौं, हामी बहादुर हौं । हामी युद्ध लड्थ्यौँ र योद्धा थियौं । अहिले हामीलाई युद्ध रुचिकर छैन र हामी योद्धा होइनौं । यतिबेला शान्तिप्रेमी बुद्धको प्रतिमाले नै हामीलाई दिशानिर्देश गरिरहेको छ । बुद्धको जन्मभूमिका हकदार भएकाले हामी आफूलाई भाग्यशाली ठान्छौं । बौद्ध अनुयायीका रूपमा चीन सग्लो, परिपक्व र जिम्मेवार छ ।

चीन बौद्ध धर्मावलम्बीको उल्लेख्य उपस्थिति रहेको मुलुक हो । चिनियाँहरूको धार्मिक आस्थाको सर्वोच्च स्थान ओगट्ने बुद्धको जन्मभूमि नेपाल हो ।  नेपाल हिन्दूबाहुल देश हो । बहुसंख्यक नेपालीहरूको धार्मिक आस्थाको सर्वोच्च स्थान ओगट्ने शिवको जन्म (कैलाश पर्वत) चीन हो । अब भन्नुस्, दुई देश नेपाल र चीनबीच धार्मिक सहिष्णुताको जरा कति गहिरो गरी गाडिएको होला ?

यहाँलाई थाहा छ, नेपालको स्वर्णकाल मानिने लिच्छवीकालीन समयमा नेपाल चिनियाँहरूको दक्षिण एशियाको व्यापारिक ट्रान्जिट प्वाइन्ट थियो र त्यसैको लाभमा नेपालले आफ्नो वैभव, सम्पन्नता र उन्नत सभ्यताको प्रचुरता पाएको थियो । लिच्छविकालमै नेपालसँग केही लिखित कानूनहरू थिए । कला र संस्कृतिका अवशेष, भग्नावशेष र टुँडालहरूमा पाइने भावभंगीले त्यो सम्पन्नता आधारभूत आवश्यकताका चरणहरू पार गरी मस्त मनोरञ्जनमा लक्जरियस जीवनतर्फ मोडिएको अनुमान गर्न कठिन छैन । हो तपाईं त्यसलाई त्यो सम्बन्ध चीनसँग होइन तिब्बतसँग थियो भन्न सक्नुहुन्छ  ।

हामी हाम्रा सन्धि सम्झौता, ऐतिहासिक तथ्यहरू र बुझाइको समानताका आधारमा एक चीन नीतिप्रति प्रतिबद्ध छौं । तिब्बत परापूर्वकालदेखि चीनको अभिन्न अंग थियो भन्ने कुरा हामीले स्वीकार गरिसकेका छौं । त्यसकारण आज पनि चिनियाँहरूसँगको भौगोलिक सम्बन्ध हाम्रा लागि अति महत्त्वको विषय बनिसक्यो । हिमालय पर्वतको तिब्बती पठारमा हाइ स्पिड ट्रेन चलिसक्यो, हाम्रो भागतिर पदयात्राका लागि सुरक्षित बाटो छैन ।

हामीलाई वर्तमानमा आफू उभिएको धर्तीमा चयनपूर्वक जिउन पाए पुग्छ । हाम्रो ज्ञानका परिधी र क्षमताका सीमाहरू होलान्, तर विश्व व्यवस्थाबारे यहाँहरूका दाबी र प्रतिदाबीलाई हामीले पनि दर्शकका रूपमा सावधानीपूर्वक नियालिरहेका छौं । हामीलाई गहिरो गरी आभाष छ, तपाईंहरू एकअर्का विरुद्धको बहुपक्षीय मोर्चामा संघर्षरत हुनुहुन्छ ।

हामी भूपरिवेष्ठितको अर्को बाध्यतामा छौं । संसारका प्रगतिहरूको बहुआयामिक सञ्जालमा बाँध्ने र बाँधिने, ग्लोबल सप्लाइ चेनको एउटा सानो अंश बन्ने हाम्रा सपनाहरू हाम्रो भूअवस्थितिको जटिलतामा कैद छन् । त्यसकारण चीनले प्रस्ताव गरेको ट्रान्स हिमालयनको व्यग्र प्रतीक्षा हामीभित्रको विकास र ग्लोबलाइजेसनको हुटहुटी हो । बी.आर.आई.मा हाम्रो सहभागिता र चिनियाँ बन्दरगाहसम्मको पहुँचका लागि नेपालले गरेको पारवहन सम्झौता त्यसैको परिणति हो ।

महामहिम राजदूत हामीलाई थाह छ, यहाँहरू यस शताब्दीकै कठोर प्रतिद्वन्द्वी बन्दै हुनुहुन्छ । तपाईंहरूको आर्थिक र सामरिक होड अब जमिनमा मात्र सीमित छैन । त्यो स्पेसदेखि समुद्रमुनिसम्म पुगिसक्यो जहाँ हामी कल्पना पनि गर्न सक्दैनौं । हाइपरसोनिक मिसाइल, क्वान्टम कम्प्युटिङदेखि रोबोट सर्पको निर्माणले अन्तरिक्षमाथि नियन्त्रण हासिल गर्ने यहाँहरूको महत्त्वाकांक्षा मेटावर्सका तमाम ब्रह्माण्डहरू र त्यसमाथिको विजेतासम्म होला ।

हामीलाई वर्तमानमा आफू उभिएको धर्तीमा चयनपूर्वक जिउन पाए पुग्छ । हाम्रो ज्ञानका परिधी र क्षमताका सीमाहरू होलान्, तर विश्व व्यवस्थाबारे यहाँहरूका दाबी र प्रतिदाबीलाई हामीले पनि दर्शकका रूपमा सावधानीपूर्वक नियालिरहेका छौं । हामीलाई गहिरो गरी आभाष छ, तपाईंहरू एकअर्का विरुद्धको बहुपक्षीय मोर्चामा संघर्षरत हुनुहुन्छ ।

खासगरी सामरिक, राजनीतिक, विचारधारात्मक मोर्चाहरूमा तपाईंहरू जति सु–सुप्त संघर्षमा हुनुहुन्छ, आर्थिक र कूटनीतिक मोर्चामा तपाईंहरूको संघर्ष आक्रामक छ । विश्व व्यापार एवं जलवायु परिवर्तनका साझा एजेन्डाहरूमा तपाईंहरूको प्रतिशोधपूर्ण व्यवहारले बाँकी विश्वलाई निकै उदासीन बनाएको छ ।

एकातिर अन्तरक्षेत्रीय अवधारणा विकास पूर्वाधारका लागि गेम चेन्जर हुनसक्ने मान्यता छ, अर्कातिर तपाईंहरू क्षेत्रीय प्रभाव नियन्त्रणमा राखेर बाँकी विश्वसँग सामूहिक माग अझ भनौं कलेक्टिभ बार्गेनिङलाई महत्त्व दिइरहनुभएको छ । आफ्नो प्रभाव क्षेत्रलाई बलियो बनाउँदै अर्काको प्रभाव क्षेत्र नियन्त्रण गर्ने यहाँहरूको चाहना लोकतन्त्रका विरुद्धमा छ । यस्तो सोचमा ह्वाइट क्राइम छ ।

यो साम्प्रदायिक मनोविज्ञान फलेबरमा आधारित छ । नेटोको संरचना क्षेत्रीय अवधारणाको उपज हो भन्ने बुझाइ यतिबेला विश्वव्यापी बनेको छ ।

क्वाडलाई तपाईंहरूले समान विचारधारात्मक बुझाइको संरचनामा बाँध्नुभयो । र, ओकस सम्झौता पश्चिमा सम्भ्रान्तहरूको फोरमका रूपमा देखियो यद्यपि स्वार्थ बाझिँदा त्यसभित्र उत्पन्न दरार आफ्नो ठाउँमा छ । त्यसको वैकल्पिक तयारीका रूपमा ब्रिक्स र सांघाईको अपरेसन लगायत फोरमको अभ्यास पूर्वमा पनि बन्दै छन् । धन्न पूर्वले कुनै सैन्य गठबन्धन बनाएको छैन र अहिलेसम्म एसियाको नाममा कलेक्टिभ बार्गेनिङ गरेको छैन ।

विश्वले महशुस गर्ने गरी अमेरिकी कूटनीतिले न पुराना अनुभवका आधारमा किसिन्जर र निक्सनको चातुर्यता अपनाउने सम्भावना देखियो, न परिस्थितिअनुसार कूटनीतिमा कुनै नयाँ भर्जन लञ्च गर्ने सम्भावना देखियो । आग्रह, आक्रामकता र कुण्ठाले मात्रै वर्तमान विश्वलाई आश्वस्त तुल्याउन सकिने छैन भन्ने तपाईंहरूकै विश्लेषकलाई पहिले कन्भिन्स गर्नुस् ।

कूटनीतिको हिस्साभन्दा बाहिरबाट इमान्दारीपूर्वक भन्नु पर्दा पश्चिमले आफ्नो प्रभुत्वको निरन्तरताका लागि पूर्वमाथि तनाब तेर्स्याउँदै छ भन्ने बुझाइ बलियो गरी स्थापित भएको छ ।

पश्चिमी गोलार्द्धको सामूहिक दबाबको संयुक्त प्रतिरोध गर्ने रुस–चीन सहमतिले विश्व स्वाभाविक रूपमा पूर्व र पश्चिममा विभाजन हुँदैछ । यद्यपि क्षेत्रीय अवधारणाहरूले अबको विश्वमा लामो समय आफ्नो प्रभाव कायम राख्न सक्ने छैनन् र बहुध्रुवीय विश्व व्यवस्थाको आकारका लागि शुरूआती चरणमा शक्ति केन्द्रहरूको टकराव अनिवार्य देखिन्छ ।

कृपया हाम्रो अनुरोध छ, यहाँहरूको प्रभुत्व छिन्ने र बचाउने होडमा हामीलाई नमुछिदिनुस् । हाम्रो तटस्थताको जामा खोल्ने र असंलग्न नीतिको सीमा रेखा मेट्ने अधिकार हामी यहाँहरूलाई दिन सक्ने छैनौं । हामीलाई आई.पी.एस. इन्डोप्यासिफिक अन्तर्गतका सम्भावित सैन्य रणनीतिको हिस्सा बनाउने चेष्टा नगरिदिनुस् ।

हाम्रा विदेश मामिलाका जानकार, त्रि.वि.का प्रतिष्ठित प्राज्ञिकहरू, अन्तर्राष्ट्रिय कानूनका अध्येता, बुद्धिजीवी, विश्लेषक र राजनीतिक दलका नेता कार्यकर्ताहरूसम्म एउटा बुझाइ बनेको छ, कुनैपनि घोषित–अघोषित, सैन्य–राजनीतिक गठबन्धनमा हाम्रो सहभागिताले अमेरिकी प्रभुत्वको बुढ्यौली थेग्न सक्ने छैन, न त चिनियाँ आकांक्षाको परिपूर्तिमा योगदान गर्नसक्छ ।

अमेरिकी प्रभुत्वको बुढ्यौलीमा यौवन भर्ने दुस्साहसमा लाग्दा हाम्रो आफ्नै विकास र प्रगतिको बामे सर्ने बालापन तहसनहस हुने जोखिम छ । बुढ्यौली एक प्राकृतिक नियम हो । शक्तिको सहज हस्तान्तरण वा अनिच्छापूर्वक स्थानान्तरणको अनिवार्य चक्रसँगै अमेरिकी प्रभुत्वको अनुहारमा विस्तारै चाउरी पर्न थालेका बुढ्यौलीका रेखाहरू शुरू भइसकेको पश्चिमा विश्लेषकहरूकै निष्कर्ष छ ।

यस्तो अवस्थामा हामीले प्रधानमन्त्री देउवा र गगनजीहरूलाई तपाईंले पश्चिमको बुढ्यौली थेग्न सक्नुहुन्न, पश्चिमका केही बुद्धिजीवीहरूकै भाषामा थोत्रो बन्दै गएको पुरानो महाशक्तिको भरिया बनेर उदीयमान शक्तिहरूबाट भविष्यमा हामीमाथि जोखिम निम्त्याउने कर्म नगर्नुस् भन्ने आग्रह गर्छौं र महामहिम राजदूतलाई पनि हाम्रो आग्रह के हो भने एक मित्रका हैसियतले हामी तपाईंहरूको चासो र चिन्ताप्रति साहनुभूति प्रकट गर्नसक्छौं । तर यहाँहरूका नितान्त आपसी स्वार्थहरूको सम्मान गर्न सक्ने अवस्था हाम्रो छैन र हामी आफैँ तपाईंहरूको प्रभुत्वको दीर्घायुका लागि सती जान सक्दैनौं ।

नसक्ने भारी बोकाएर हाम्रो वर्तमान र भविष्यलाई दुर्घटनामा पार्ने दबाब यहाँहरूले सिर्जना गरिदिनुहुने छैन भन्ने अपेक्षासहित विगतको जस्तै विकासका पूर्वाधारको क्षेत्रमा ऋण, सहयोग र अनुदानका कार्यक्रमलाई निरन्तरता दिनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछौं । हामीले मित्रहरूसँग गर्ने आशा, विश्वास र भरोसा के हो भने यहाँको भू–राजनीतिक संवेदनशीलतालाई गम्भीरतापूर्वक लिइयोस् ।

हामीलाई प्रभुत्वको निरन्तरता र विस्थापनको बीचमा नझोकिदिनुस् । हामीलाई भू–राजनीतिको जाँतोमा पिसेर यहाँहरूको कुनै कल्याण हुने छैन ।

सिरिया, लिबिया र अफगानिस्तानको नियति व्यहोर्न हामीलाई बाध्य नपारिदिनुस् । हाम्रो यही मर्म अनुरूप महामहिम राजदूतले एम.सी.सी.का विवादित विषयबारे संशोधनका लागि पुनर्विचार गर्ने वातावरण बनाइदिएर शंकाको सुविधा नरहने गरी त्यसलाई निर्विवाद परियोजनाका रूपमा अनुमोदन गर्न पाए हामी आभारी हुने थियौं ।

नसक्ने भारी बोकाएर हाम्रो वर्तमान र भविष्यलाई दुर्घटनामा पार्ने दबाब यहाँहरूले सिर्जना गरिदिनुहुने छैन भन्ने अपेक्षासहित विगतको जस्तै विकासका पूर्वाधारको क्षेत्रमा ऋण, सहयोग र अनुदानका कार्यक्रमलाई निरन्तरता दिनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछौं । हामीले मित्रहरूसँग गर्ने आशा, विश्वास र भरोसा के हो भने यहाँको भू–राजनीतिक संवेदनशीलतालाई गम्भीरतापूर्वक लिइयोस् ।

हामीलाई कुनै पोलारमा तान्ने वा धकेल्ने काम नहोस् हाम्रो तटस्थता र असंलग्न नीतिभित्रै तपाईंहरूको भविष्य सुरक्षित छ । असंलग्न र तटस्थता हाम्रो विदेश नीतिका अनुल्लंघनीय र अपरिवर्तनीय मान्यता हुन् । हामीले आफ्नो यही परिचयमा जीवन देखेका छौं र भविष्य खोज्ने छौं । हामीलाई यही अवस्थामा रहन दिनुस्, यही नै तपाईंहरूको हामीप्रतिको मैत्रीपूर्ण सद्भाव हुनेछ । धन्यवाद !  

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x