फागुन ४, २०८०
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट पारित गर्न शीर्ष नेताबीच शुक्रवार दिनभर छलफल भए पनि कुनै सहमति जुट्न सकेको छैन ।
नेताहरूबीच सहमति जुट्न नसक्दा एमसीसी मुद्दा झन्झन् पेचिलो बन्नुका साथै गिजोलिँदै गएको छ ।
नेकपा माओवादी केन्द्रका उपलब्ध निवर्तमान स्थायी कमिटी बैठक एमसीसीको विपक्षमा मतदान गर्ने निष्कर्षमा पुगेको छ । स्थायी कमिटीका सदस्य गणेश साहले एमसीसीको विपक्षमा मतदान गर्ने अडानमा पार्टी रहेको बताए ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा भएको बैठकमा एमसीसीको विपक्षमा उभिने पूर्व अडानमा अडिग रहने निष्कर्ष नेताको रहेको उनले बताए ।
‘एमसीसीको विपक्षमा उभिने हाम्रो अडान छ । पार्टीले यसअघि नै विपक्षमा उभिने निर्णय गरिसकेको छ । ५ दलीय गठबन्धन जोगाउने, एमसीसीको विपक्षमा मतदान गर्ने, गठबन्धन जोगाउन नसकिएको अवस्थामा सरकारबाट बाहिरिने र सडक संघर्षमा जानेमा हामी सहमत छौं,’ साहले भने ।
एमसीसीको विरोधमा रहेका दलसँग मोर्चाबन्दी गरेर सडक संघर्षमा जानुपर्ने सुझाव नेताले नेतृत्वलाई दिएका छन् । सोहीअनुसार अध्यक्ष प्रचण्ड अन्य पार्टीका शीर्ष नेतासँग भेटघाट र छलफलमा जुटेका छन् ।
एमसीसीको विपक्षमा उभिने निष्कर्षमा पुगेका प्रचण्डले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका पूर्व नेता बामदेव गौतम लगायतसँग छुट्टाछुट्टै भेटघाट गरेका छन् ।
प्रचण्ड र नेपालबीचमा छलफल हुनुअघि नेपालले प्रधानमन्त्री देउवालाई भेटेका थिए ।
नेताबीच एमसीसी सम्झौता केन्द्रित छलफल भए पनि कुनै ठोस सहमति जुट्न सकेको छैन । जसरी पनि एमसीसी पारित गर्ने अडानमा देउवा भए पनि यथास्थितिमै पारित नगर्ने अडानमा दाहाल र नेपाल रहेका छन् । दाहालसँगको भेटघाटमा नेता गौतमले एमसीसीको विरोधमा मोर्चाबन्दी गर्नुपर्ने सुझाव दिएको दाहालको सचिवालयले जनाएको छ ।
एकीकृत समाजवादीका १४ सांसदलाई कारबाही वा सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा हुनुपर्ने सर्तसहित एमसीसी पारितका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवासमक्ष अडान राख्दै आएका छन् तर देउवाले ५ दलीय गठबन्धन तोड्ने कि एमालेसँग सहकार्य गर्ने भन्नेबारे निर्णय गर्न सकेका छैनन् ।
प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष ओलीले यस्तो शर्त राखेको सार्वजनिक भएपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमाले ‘न पोथी न भाले’को चाल देखाएको टिप्पणी गरेका छन् । एमालेले एमसीसीबारे स्पष्ट धारणा नराखेर अहिलेसम्म न पोथी न भालेको चाल देखाइरहेको नेपालको भनाइ छ ।
नेपालले एमसीसी पास गर्ने नाममा एमालेका अध्यक्ष ओलीसँग अनैतिक सम्झौता नगर्न पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् । एमालेले एमसीसीमा आफ्नो पार्टीको सहयोग चाहिए सभामुख अग्निप्रसाद सापकोटा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई बर्खास्त गर्नुपर्ने सर्त राखेकोमा नेपालले दुःख व्यक्त गरेका छन् ।
नेता नेपालले प्रधानमन्त्री देउवालाई हतारमा निर्णय नलिन र एमसीसीका केही प्रावधान नसच्याएसम्म आफूहरू विपक्षमा रहने स्पष्ट पारेको पनि बताए ।
‘अनेकौं जटिलता देखापरेका छन् । मैले सूचना पाएसम्म विरुद्धमा मुभ गर्ने, त्यस्तो पनि कोसिस भइरहेको छ । त्यो पनि शर्त राखेर मात्रै । त्यो पनि कुनै शर्त होइन, हाम्रा पार्टीका कार्यकर्ता, नेतालाई सांसदबाट बर्खास्त गर्नुपर्ने, सभामुखलाई बर्खास्त गर्नुपर्ने, महाअभियोग लगाउनुपर्ने यस्ता शर्त राखेर त्यसपछि मात्रै एमसीसीमा समर्थन गर्ने भन्ने कुराको प्रस्ताव केपी ओलीबाट आएको भन्ने कुरा छन् । यसले हामीलाई पनि चिन्तित बनाएको छ,’ नेपालले भने । राजधानीमा खबर छ ।
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...