१३ असार २०८३, शनिबार

बाल विकास सहयोगी र कर्मचारीको तलब वृद्धि

फागुन १६, २०७८
बाल विकास सहयोगी र कर्मचारीको तलब वृद्धि
प्रतिकात्मक तस्वीर

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि गरेको छ ।

संघीय सरकारले दिने मासिक तलबमा नगरपालिकाको तर्फबाट ७ हजार थपेर आगामी चैत १ गतेबाट उपलब्ध गराउने गरी वृद्धि गरेको हो ।

सरकारले चालू आर्थिक वर्षको कार्यक्रममा बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयअनुसार नगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि गरिएको नगर प्रमुख इवन राईले जानकारी दिए ।

११ वडा रहेको नगरपालिकामा ८९ सामुदायिक विद्यालय सञ्चालित छन् । विद्यालयमा ५४ बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, ८९ कार्यालय सहयोगी र १२ कर्मचारी कार्यरत रहेको नगरपालिकाको शिक्षा शाखा प्रमुख पदम कार्कीले जानकारी दिए ।

सरकारले बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र कार्यालय सहयोगीलाई मासिक ८ हजार तथा कर्मचारीलाई १३ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । तलबमा नगरपालिकाको तर्फबाट ३ वटै तहका कर्मचारीलाई मासिक ७ हजार थप गरेर उपलब्ध गराउने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । 

सरकारले तोके अनुसारको तलब वृद्धि गर्ने निर्णय गरेकोमा नेपाल शिक्षक महासंघ र नेपाल शिक्षक संघ हलेसी तुवाचुङ नगरपालिका कार्यसमितिले नगरपालिकालाई धन्यवाद दिएका छन् । दुवै संगठनले यसअघि उनीहरूको तलब वृद्धि गर्न माग गर्दै आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्