१२ साउन २०८३, मंगलबार

बराबरीमा रोकिए बायर्न र बायर

फागुन २२, २०७८
बराबरीमा रोकिए बायर्न र बायर

जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा बायर्नले बायर लिभरकुसेनसँग १-१ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा बायर्न रोकिएको हो ।

यस बराबरीसँगै बायर्नले २५ खेलमा ५९ अंक जोडेको छ ।

बायर्न शीर्ष स्थानमै रहेको छ ।

लिभेरकुसेन ४५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्