२८ जेठ २०८३, बिहीबार
न्याय परिषद् बैठक

श्रेष्ठलाई सर्वोच्चको न्यायाधीश बनाउन सिफारिस, मुख्य रजिस्ट्रार कुँवर उच्च अदालतको न्यायाधीश

फागुन २६, २०७८
श्रेष्ठलाई सर्वोच्चको न्यायाधीश बनाउन सिफारिस, मुख्य रजिस्ट्रार कुँवर उच्च अदालतको न्यायाधीश

न्याय परिषदको बैठकले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।

कायम मुकायम प्रधानन्यायाधीश दीपक कार्कीले बिहीबार राखेको न्याय परिषदको बैठकले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । 

त्यसैगरी, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालत पाटनको न्यायाधीशमा सिफारिस गरेको न्याय परिषद सचिवालयका प्रवक्ता मान बहादुर कार्कीले लोकान्तरलाई जानकारी दिए ।

त्यसैगरी, उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला यहाँ काजमा रहेकाले उनको दरबन्दी भएको उच्च अदालत दिपायलमा फिर्ता गरिएको उनले बताए ।

त्यसैगरी, न्यायाधीशहरूको विषयमा न्याय परिषदमा परेको उजुरीको समेत छानबिन गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले बताए।

salt training

कमेन्ट गर्नुहोस्