२९ असार २०८३, सोमबार

साउदी राजकुमार भोलि नेपाल आउँदै

फागुन २९, २०७८
साउदी राजकुमार भोलि नेपाल आउँदै

साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले यही फागुन ३० देखि चैत १ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । 

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग आगामी चैत १ गते भेटवार्ता गर्ने तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज  आयोजना गर्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्