
इन्स्टिच्युट अफ इञ्जिनियरिङ (आईओई), थापाथली क्याम्पसले आफ्नो ५६औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शंकर ग्रुपको भगिनी संस्था जगदम्बा स्टिलको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रम मार्फत विसं. २०७३ सालको त्रिभुवन विश्वविद्यालय अन्तर्गत आयोजित इञ्जिनियरिङ संकायको परीक्षामा इञ्जिनियरिङ संस्थान, थापाथली क्याम्पसकी स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याउन सफल रितिशा गौतमलाई सम्मानित गरिएको छ ।
शैक्षिक उत्कृष्टता प्रदर्शित गर्दै इञ्जिनियरिङ संस्थान, थापाथली क्याम्पसकी स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याउन सफल उनलाई “श्री शंकर लाल अग्रवाल स्वर्ण पदक वि.सं. २०७८”का साथै नगद रु. ५१ हजार पुरस्कारका साथ सम्मानित गरिएको हो ।
शिक्षा मन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा विशेष अतिथिका रुपमा शंकर ग्रुपका महा प्रबन्धक सेल्स एण्ड मार्केटिङ मनोज तिवारीका साथै इन्स्टिच्युट अफ इञ्जिनियरिङ, थापाथली क्याम्पसका क्याम्पस प्रमुख जनार्दन भट्ट लगायतको उपस्थिती रहेको थियो ।