०१ साउन २०८३, शुक्रबार

फ्यान्टाको ‘कलरफुल हामी’ क्याम्पेन

फ्यान्टाको ‘कलरफुल हामी’ क्याम्पेन

फ्यान्टाले यो वर्ष “कलरफुल हामी”को आयोजना गर्ने भएको छ ।

होलीको अवसरमा कम्पनीले यो क्याम्पेन आयोजना गर्न लागेको हो । 

यो पहिलाको भन्दा धेरै रमाइलो र रंगीन हुने कम्पनीको भनाइ छ । 

यो अभियानले मुख्य गरी मानिसहरुको रंगीनतालाई उजागर गर्न खोजेको कम्पनीले जनाएको छ  । 

‘जुनसुकै उमेर, लिंग, पेशा भए पनि हरेक मानिसहरु आफ्नो भित्री रंगलाई विभिन्न माध्यमबाट उजागर गरीरहेका हुन्छन् । मानिसहरुको यस्तै आफ्नै रंग र चुलबुलेपनलाई यो क्याम्पेनले सेलेब्रेट गर्न खोजेको छ,’ कम्पनीले भनेको छ ।

कम्पनीका अनुसार यो क्याम्पेनमा २ वटा नयाँँ टेलिभिजन विज्ञापनहरु छन् जसले मस्तीका रंगहरुसँग जीवनको आनन्दलाई अंगाल्दै मुस्कान फैलाउन चाहने र आफ्नो रंगीन पक्ष देखाउन चाहने स्ट्रििट पर्फर्मर, टिकटकरहरु र बाइक स्टन्टर्सहरू मार्फत चुलबुलेपनलाई देखाउन खोजिएको छ ।

यी विज्ञापनहरुले रंगको शक्ति र तिनीहरुले हामीलाई प्रदान गर्ने चन्चलतालाई देखाएका छन् । यो क्याम्पेनको अर्को विज्ञापनले चाँहि होलीमा रमाइरहेको चुलबुले युवाको मस्ती र रंगीनपन देखाएको छ ।

होली उत्सवको एउटा हिस्साको रुपमा फ्यान्टाले केटिएम लाइभसँग सहकार्य गर्दै 'नेपाल टुर कलर मानिया' गर्दैछ । 

यो क्याम्पेन काठमाडौँ, पोखरा, इटहरी, धरान, हेटौँडा, बुटवल र नारायणघाट लगायत नेपालका प्रमुख शहरहरूमा १३ वटा कार्यक्रम गरी मनाइने कम्पनीले जनाएको छ । 

यी कार्यक्रमहरुमा रमाइला र सहभागितामुलक गतिविधीहरु राख्दै फ्यान्टाले आफ्ना उपभोक्ताहरुसँग अझै गहिरो सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको छ । 

साथै फ्यान्टाले ‘कलरफुल हामी’ थिमको इन्स्टाग्राम फिल्टर पनि ल्याउन लागेको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्