०६ साउन २०८३, बुधबार

डेनमार्कको टिममा एरिक्सनको पुनरागमन

चैत २, २०७८
डेनमार्कको टिममा एरिक्सनको पुनरागमन

डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।

डेनमार्कले नेदरल्यान्ड्स र सर्बियाविरुद्धको मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टिममा एरिक्सन परेका छन् ।

डेनमार्कले मार्च २६ मा नेदरल्यान्ड्स र २९ मार्चमा सर्बियासँग खेल्ने तालिका रहेको छ ।

गत युरोकप फुटबलपछि उनी पहिलो पटक डेनमार्कको टोलीमा परेका हुन् ।

युरोकपमा फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर एरिक्सन मैदानमा ढलेका थिए  ।

salt training

कमेन्ट गर्नुहोस्