×

NMB BANK
NIC ASIA

सफल उडान

ध्रुव थापाको व्यावसायिक यात्रा: कलेज बंक गरेर शुरूआत, मेहनतले सफलता

चैत ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

‘मलाई सानैदेखि केही नयाँ गरौँ भन्ने लाग्थ्यो । केही नयाँ प्रयोग गरिरहने बानी थियो । शायद आज म त्यही जगमा उभिएको छु,’ हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाले आफ्नो विगत सम्झिँदै कुराकानीको शुरूआत गरे ।

Sagarmatha Cement
Muktinath Bank

उनी बालक हुँदा परिवारको आर्थिक अवस्था मध्यमस्तरको थियो । भारतीय प्रहरीको जागिरबाट रिटायर्ड भएका उनका बुवाले पोखरामा किराना पसल चलाउँथे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ध्रुवले कहिलेकाहीँ पसलमा बुवालाई सघाउँथे । सँगसँगै स्कूलको अध्ययन पनि चलिरहेको थियो ।


Advertisment
Nabil box
Kumari

उनका दाइ नेपाल राष्ट्र बैंकमा जागिरे थिए । यत्तिकैमा ध्रुवले एसएलसी उत्तीर्ण गरे । 

Vianet communication
Laxmi Bank

एसएलसीपछि पृथ्वीनारायण क्याम्पसमा ‘ल’ (कानून) अध्ययनका लागि भर्ना भए । 

राष्ट्र बैंकमा जागिरे दाइले बेलाबखत अथवा मौका मिल्दा सेकन्डह्यान्ड मोटरसाइकल किन्ने र अरूलाई बेच्ने काम गर्थे । 

दाइको त्यो काम ध्रुवले पनि नियालिरहेका थिए ।

निकै समय सोचेपछि थापालाई लाग्यो, ‘दाइले सेकेण्डह्यान्ड मोटरसाइकल बेचिरहेका छन्, यसको शोरूम नै किन नराख्ने ?’ 

आफ्नो सोचलाई साकार पार्न उनले आफ्ना बुवासँग प्रस्ताव राखे । 

तर बुवाले त्यतिखेर सहजै मानेनन् ।  तर दाइले भाइको योजनामा साथ दिए । 

‘बुवाले चाहिँ त्यस्तो चल्दैन भन्नुभयो । तर दाइले भने हुन्छ, गरेर हेर न त भन्ने कुरा गर्नुभयो,’ उनी सम्झन्छन्, ‘कलेज पढ्दै गर्दा अलिअलि गरेर हेर्न हुन्छ भन्नुभयो ।’

दाइको सहमति पाएपछि बुवालाई कन्भिन्स गर्न सहज भयो । 

उनले बुवालाई कन्भिन्स गराएनन् मात्रै लगानी पनि लिए, करीब ३ लाख रुपैयाँ । 

यो २०४५/०४६ सालतिरको कुरा हो । त्यसपछि उनले शोरूम नै राखे– ‘गण्डकी रिकन्डिसन सेन्टर’ ।

त्यसबखत उनी केवल १७ वर्षका थिए । 

यससँगै शुरू भएको थियो थापाको व्यावसायिक यात्रा । 

‘बिहान दुई पिरियड छाडेर आएर शोरूम खोल्थें । म प्रायः कलेज बंक गर्ने विद्यार्थीमै पर्थें ।’

उनको घर पोखराको प्राइम लोकेसनमै छ । 

त्यहाँ शोरूमका लागि जमिन पनि आफ्नै थियो ।  

आफ्नै जग्गामा शोरूम बनाएर शुरूवाती दिनमा ३ वटासम्म सेकेन्डह्याण्ड मोटरसाइकल बिक्री गरेको उनी सम्झन्छन् । 

कलेज बंक गरेर शोरूमको यात्रा 

कलेज जीवनमा उनी अधिकांश दिन पूरा अध्ययन नगरी कलेज बंक गरेर निस्किन्थे ।

बिहान छिटो उठ्न अल्छी मान्थे उनी । तर शोरूम खोल्न भने समयमै पुग्थे ।

‘बिहान दुई पिरियड छाडेर आएर शोरूम खोल्थें । म प्रायः कलेज बंक गर्ने विद्यार्थीमै पर्थें,’ उनले भने ।

प्रायः साथीहरूको समूह नै मिलेर त्यतिखेर कलेज बंक गर्ने गरेको उनी सम्झन्छन् । 

पछाडिका अन्तिम दुई विषयहरू नपढिकनै निस्कने र शोरूम खोल्ने उनको दैनिकी नै थियो । 

यति गर्दा पनि परीक्षामा फेल भने हुँदैनथे ।

‘एक्जाम आउने बेलामा एक महिना किताब पढ्थें । त्यसरी पढ्दा पनि सजिलै पास हुन्थें,’ उनी भन्छन्, ‘कक्षा २ मा चाहिँ फेल भएको थिएँ, त्यसपछि मलाई कुनै पनि विषय लागेन ।’ 

पछाडि फर्किएर हेर्नुपरेन

थापाले शुरूआती दिनदेखि नै राम्रो ‘बिजनेस’ पाए । 

केही समयपछि नै उनलाई सुजुकी मोटरसाइकलको डिलरशीपका लागि अफर आयो । उनी नहडबडाई त्यसमा अगाडि बढे । 

उनले २०५१ मा गण्डकी ट्रेड हाउस सञ्चालनमा ल्याए । यसबाट उनले सेकेन्डह्याण्ड चरापाङ्ग्रे सवारी साधनको कारोबार गरे । 

त्यसलगत्तै २०५२ मा डेलिम मोटरसाइकल (कोरिया) र २०५४ मा सुजुकी २ ह्वीलरको आधिकारिक क्षेत्रीय डिलरशीप सञ्चालनमा ल्याए । 

यसबीचमा कोरियन मोटरसाइकल बिक्री गर्न थालेपछि थापाको यात्रामा थप इँटा थपियो । 

प्रायः लाहुरेहरूले कोरियन मोटरसाइकल चढ्थे । त्यतिखेरै त्यो मोटरसाइकलको मूल्य २ लाख रुपैयाँ आसपास थियो । 

थापा सम्झन्छन्, ‘त्यो समयमा नै यसको उच्च माग भयो । यसले मलाई निकै व्यस्त पनि बनायो ।’

उनको यात्रा विस्तारै विस्तारै अघि बढ्दै थियो ।

मोटरसाइकलको क्षेत्रीय डिलर सञ्चालनमा ल्याएको एक वर्षमै हुलास मोटर नेपालको आधिकारिक क्षेत्रीय वितरक समेत बने उनी । 

व्यापार विस्तारमा फड्को मार्दै गर्दा विभिन्न कम्पनीहरूसँग साझेदारी भयो । 

जसपश्चात थापाले २०५७ मा स्थापना गरे, हिमालय अर्गनाइजेसन ।

यही अर्गानाइजेसनअन्तर्गत अहिले थापाले व्यापार विस्तार गर्दै लगेका छन् । 

थापाले २०५९ मा हिमालयन इन्भेष्ट एन्ड डेभलपमेन्ट प्रालि स्थापना गरे । त्यसमार्फत रियल स्टेट, रि–फाइनान्स र बैंकिङसँग सम्बन्धित क्षेत्रहरूमा हिमालय अर्गानाइजेसनले नयाँ प्रवेश गरेको थापा बताउँछन् । 

सेकेन्डह्यान्ड मोटरसाइकल खरिदबिक्रीबाट शुरू भएको उनको व्यावसायिक यात्रा अन्य ब्राण्डेड मोटरसाइकल हुँदै गाडीसम्म फैलियो । 

उनले विस्तारै गाडीको पनि डिलर शुरू गरे । 

अहिले उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा समेत लगानी गरेका छन् । पोखरामै चर्चित होटल र अटोमोबाइल सेक्टरमा लगानी लगानी गरेका छन् ।

अहिले थापाले आयाम इन्टरकन्टिनेन्टलमार्फत फोर्स मोटरको आधिकारिक वितरक बनेर गाडी बिक्री वितरण गरिरहेका छन् ।

....

अध्यक्ष थापाको संलग्नता यतिमा मात्रै सीमित छैन ।

उनी मुलुकभरको अटोमोबाइल्स कम्पनीहरूको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष पनि हुन् । 

यसअघि पनि उनले विभिन्न संघ–संगठनमा नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेका छन् । 

विभिन्न संगठनमा आबद्धता र व्यस्तताको समयमा उनलाई उनकी पत्नी मिलन थापाले व्यवसायमा साथ दिइरहिन् । 

थापा भन्छन्, ‘उनको पनि बाहिर संघ–संस्थाहरूमा व्यस्तता बढ्दै गएको छ । अहिले छोराले पनि मलाई व्यवसायमा साथ दिँदै आएको छ । 

छोरालाई पनि व्यवसायमा डोहोर्‍याउँदै 

पछिल्लो समय व्यवसायमा पुस्तान्तरणको लहर चलेको छ ।

यसै भीडमा थापाले आफ्नो छोरालाई पनि यही क्षेत्रमा डोहोर्‍याउन थालेका छन् ।

उनका छोरा सौरभ उमेरले २३ वर्षका भए । उनी अहिले हिमालयन अर्गानाइजेसनका म्यानेजिङ डाइरेक्टर हुन् ।

‘हामीहरू एकैपटक ठूलो लगानीबाट शुरू गर्न खोज्छौँ, पैसा छ भने त गर्दा भयो, नत्र सानैबाट शुरू गर्नुभए हुन्छ । कुनै पनि काम सानो हुँदैन,’

बुवालाई बिजनेसमा साथ दिँदै उनीमाथिको भार कम गर्ने भूमिका सौरभले खेल्दै आएका छन् ।

‘सौरभले सानै उमेरदेखि मेरो व्यवसायमा सहयोग गर्दै आएको हो,’ उनी भन्छन् ।

अझ बढी त नाडाको अध्यक्षमा निर्वाचित भइसकेपछि व्यवसाय सम्हाल्ने जिम्मेवारी नै सौरभको काँधमा आएको उनले बताए ।

नयाँ उद्यमीहरूलाई सन्देश

धेरै हण्डरठक्कर खाँदै उनी आजको स्थानमा आइपुगेका हुन् । अप्ठ्यारो परिस्थितिसँग जुध्दै त्यसबाट पार पाएर उनी अगाडि बढिरहेका छन् ।

थापा व्यवसाय क्षेत्रमा लाग्न चाहनेहरूलाई सानै कामबाट भएपनि व्यवसाय शुरू गर्न सुझाव दिन्छन् ।

‘हामीहरू एकैपटक ठूलो लगानीबाट शुरू गर्न खोज्छौँ, पैसा छ भने त गर्दा भयो, नत्र सानैबाट शुरू गर्नुभए हुन्छ । कुनै पनि काम सानो हुँदैन,’ उनले भने ।

विगतमा आफूले नै शोरूम सफा गर्ने, भुइँ पुछ्ने तथा मोटरसाइकल पनि आफैं पुछ्ने गरेको उनले सम्झिए । 

‘काम सानोठूलो हुँदैन । नेपाल ‘रमटेरियल’ हो । यहाँ अवसर धेरै छन्, सदुपयोग गर्न जाने पुग्छ,’ उनले भने ।

थापाले व्यवसायका लागि नेपालमा अवसर नै अवसर रहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x