
काठमाडौँ चैत्र ०९, २०७८– ग्रेट वाल मोटर्स (जीडब्ल्यूएम) हाभल एच६ ले अस्ट्रेलियासियन न्यू कार एसेसमेन्ट प्रोग्राम (एनएनसीएपी) क््रयास परिक्षणमा हालको २०२०–२०२२ सुरक्षा प्रोटोकलहरुका लागि फाइभ–स्टार प्राप्त गरेको छ ।
जि. डब्लु.एम पिक–अप पजवर पछि यस्तो उच्च मूल्याङ्कन प्राप्त गर्ने एच६ जि. डब्लु.एम को दोस्रो गाडी हो ।
हाभल एच६ ले एडल्ट अकुप्यान्ट प्रोटेक्सनमा ९०%, चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा ८८%, भल्नरेबल रोड युजर प्रोटेक्सनमा ७३%, र सेफ्टी असिस्टमा ८१% स्कोर ल्याउँदै फाइभ–स्टार सुरक्षा मूल्याङ्कन प्राप्त गर्न सफल भएको छ ।
एनसीएपीको अनुसार हाभल एच६ ले साइड इफेक्ट र अब्लिक पोल टेस्ट, फ्रन्ट–र–रियर–सिट अक्युप्यान्ट ह्विप्ल्यास प्रोटेक्सन र फ्रन्टल अफसेट टेस्टमा फ्रन्ट–सिट प्यासेन्जर प्रोटेक्सनमा पूर्णाङ्क पाएको छ ।
चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा “परप्परागत विशिष्ट बाल प्रतिबन्धहरुको दायरालाई सुरक्षित रुपमा समायोजन गर्ने” एच६ लाई एएनसीएपीले प्रशंसा गरेको छ ।
यसैगरी टर्न–अक्रस–पाथ इन्टरसेक्सन परिक्षणमा अर्को गाडीसँग ठोक्किनबाट रोक्ने क्षमता भएकोमा एएनसीएपीले हाभाल एच६ को जंक्सन असिस्ट फिचरको पनि प्रशंसा गरेको छ ।
हाभाल एच६ को सक्रिय सुरक्षा सुविधाहरुलाई एएनसीएपीले तारिफ गरेको छ र सबै आपतकालिन लेन राख्ने परिक्षण अवस्थाहरुसँगै कार–टु–कार र कार–टु–साइक्लिस्ट अटोनेमस इमर्जेन्सी ब्रेकिङ क्षमताहरुलाई राम्रो मूल्याङ्कन गरेको छ ।
ग्रेट वाल मोटरको बारेमा ः
ग्रेट वाल मोटर नेपालले हाभल एच६, हाभल जोलायन र पोअर जस्ता ग्लोवल मोडेलहरुका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको ।
भि.जी. इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो ।
वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरुमा अत्याधिक सफलताको आनन्द लिएपछि भि.जी. इम्पेक्स/ग्रेट वाल मोटर नेपालले यो लोकप्रिय इलेक्ट्रिक गाडी नेपाल ल्याउन सफल भएको छ ।