०६ साउन २०८३, बुधबार

आईपीएल : कोलकत्ताको विजयी शुरूआत

चैत १३, २०७८
आईपीएल : कोलकत्ताको विजयी शुरूआत

कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा विजयी शुरूआत गरेको छ ।

मुम्बईमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ताले सुखद शुरूआत गरेको हो ।

वान्खडे स्टेडियममा चेन्नईले दिएको १ सय ३२ रनको लक्ष्य कोलकत्ताले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।

जीतसँगै कोलकत्ताले पहिलो खेलमा २ अंक जोडेको छ ।

चेन्नईले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्