२४ असार २०८३, बुधबार

अध्यक्ष गुप्ताको सम्झनामा रमेश कर्पले मनायो स्थापना दिवस

अध्यक्ष गुप्ताको सम्झनामा रमेश कर्पले मनायो स्थापना दिवस

रमेश कर्प प्रा.लि.ले आफ्ना संस्थापक स्वर्गीय रमेश गुप्ताको जन्मदिनको अवसर पारेर १८ मार्चमा आफ्नो पहिलो स्थापना दिवस मनाएको छ । 

यस कम्पनीका नेपाल भरी १७ विभिन्न व्यापारिक संगठनहरु छन् ।

यो दिन स्वर्गीय रमेश गुप्ता र उनले सानै उमेरदेखि व्यापारिक साम्राज्य निर्माण गर्न गरेको संघर्ष र प्रयासप्रति समर्पित रहेको बताएको छ ।

यस विशेष दिन मनाउनको लागि रमेश कर्पका नेपालभरका कर्मचारीहरू भेला हुन्छन् ।

ठूलो परिवार भएकोले यो दिन रमेश कर्पका विभिन्न कम्पनीका विभिन्न व्यक्तिहरूसँग अन्तरक्रिया गर्ने उत्कृष्ट अवसर पनि हो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष सुशील गुप्ताले भने,‘हाम्रो संस्थापक तथा मेरा पिता स्वर्गीय श्री रमेश गुप्ता कम्पनीलाई फगत एउटा कम्पनी मात्र नभएर एउटा परिवार बनाउनुपर्छ भन्ने मान्यतामा दृढ विश्वास राख्नुहुन्थ्यो । आजको दिन यस रमेश कर्प परिवारमा हामीले बनाएका सदाचारहरु सम्झिने दिन हो र त्यसलाई मनाउने दिन हो । र यो स्थापना दिवस वहाँँको विश्वास, मान्यता र सिद्धान्तहरु प्रतिको सम्मान हो ।’

उपाध्यक्ष रोहित गुप्ताले भने, ‘हाम्रा कर्मचारीहरु हाम्रो संगठनात्मक संस्कृतिको प्रतिबिम्ब हुन् । हामी हाम्रा ५ मूल मान्यताहरुः अग्रगमन, निष्ठा, गति,आधिकारिकता र व्यावसायिकताको साथ “सँगै अगाडि बढ्ने” मान्यतामा विश्वास गर्छौँ र यसले नै हामीलाई हाम्रो साझेदारहरुसँग एकताबद्ध हुन र उनीहरूको व्यक्तिगत र संगठनात्मक वृद्धि र विकासमा नेतृत्व प्रदान गर्न सहयोग गर्छ ।’

यस एक–दिवसीय कार्यक्रममा रमेश कर्पले विभिन्न कार्निभल, रमाइलो खेलहरु, अन्तरक्रियात्मक गतिविधिहरूका साथै औपचारिक कार्यक्रम अन्तर्गत स्टार पर्फर्मेन्स र अन्य मनोरञ्जनात्मक गतिविधिहरु आयोजना गरेको थियो ।

 
 

salt training

कमेन्ट गर्नुहोस्