२० असार २०८३, शनिबार

फ्यान्टा एप्पल नेपाली बजारमा

फ्यान्टा एप्पल नेपाली बजारमा

कोका–कोला नेपालले नयाँँ उत्पादन ‘फ्यान्टा एप्पल’लाई नेपाली बजारमा ल्याएको छ । 

अब नेपाली उपभोक्ताहरूले यो क्रिस्प स्पार्क्लिङ पेय पदार्थको साथमा हरेक पल रिफ्रेश अनुभव गर्न सक्नेछन् ।

नयाँँ स्वादसँगै फ्यान्टाले नयाँँ डिजिटल भिडियो पनि सार्वजनिक गरेको छ ।

जसले उपभोक्ताहरूको जीवनमा रमाइलो र उत्साह थप्ने कम्पनीको उद्धेश्यलाई देखाएकोे छ ।

यो भिडियो फ्यान्टाको विस्तृत मार्केटिङ अभियानको एक हिस्सा हो जसमा डिजिटल भिडियोहरू, प्रिन्ट विज्ञापनहरू र आउट अफ होम आदि समावेश छन् ।

नयाँ उत्पादनबारे कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले नयाँँ फ्यान्टा एप्पलले दैनिकको जीवनमा थोरै भए पनि ताजगी र स्फुर्ती ल्याउन सहयोग गर्ने बताए ।

उनले भने,‘फ्यान्टा त्यस्तो मानिसहरूको लागि हो जसलाई रमाइलो गर्न मन पर्छ । नेपाली उपभोक्ताहरूले यसलाई मन पराइदिनुहुनेछ भन्ने कुरामा हामी उत्साहि छौँ ।’

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले उपभोक्ताहरूको बदलिँदो स्वाद र रोजाइलाई ध्यानमा राखेर नयाँ उत्पादन बजारमा ल्याएको बताए ।  

यो सँगै नेपालमा अब फ्यान्टाको अरेन्ज र एप्पल गरी २ वटा फ्लेभर उप्लब्ध हुनेछ ।

फ्यान्टा एप्पल २५० एमएल र ५०० एमएलको प्याकमा नेपालभर उपलब्ध छ ।
 

salt training

कमेन्ट गर्नुहोस्