×

NMB BANK
NIC ASIA

आन्दोलनमा ग्यास व्यवसायी

भाडा र मूल्य बढाउन माग गर्दै व्यवसायीले ११ दिनदेखि रोके आपूर्ति, ग्यास अभावको संकेत

चैत १६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्ला दिनहरूमा खाना पकाउने ग्यास (एलपी ग्यास)को अभाव देखिन थालेको छ ।

Muktinath Bank

सरकारले ग्यासको मूल्य समायोजन नगरिदिँदा आफूहरू मारमा परेको भन्दै व्यवसायीहरूले आपूर्ति रोकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सरकारले ग्यास ढुवानीमा भाडादर समायोजन नगरेको भन्दै ग्यास उद्योगी तथा डिलरहरूले भारतबाट ग्यास नल्याउँदा बजारमा अभाव शुरू भएको छ ।


Advertisment
Nabil box
Kumari

आयात शून्य

Vianet communication
Laxmi Bank

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ, जसको असर नेपालमा पनि देखिएको छ । 

नेपाल आयल निगमले पछिल्लोपटक पेट्रोलियम पदार्थको मूल्य बढाउँदै पेट्रोलको प्रतिलिटर १ सय ५५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १ सय ३८ रुपैयाँ कायम गरेको छ । 

ग्यास भने प्रतिसिलिन्डर १ हजार ५ सय ७५ रुपैयाँमा कारोवार हुँदै आएको छ ।

डिजेलको मूल्य बढ्दा भाडादर बढेको तर ग्यासको मूल्य समायोजनमा सरकारले ध्यान नदिएको भन्दै ग्यास व्यवसायीहरूले गत फागुन १९ गतेदेखि चरणबद्ध आन्दोलन गरिरहेका छन् । 

व्यवसायीहरू ग्यास आपूर्ति नै बन्द गरेर बसेका छन् । 

ग्यास उद्योगहरूको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्लीले आफूहरूले बाध्य भएर आपूर्ति बन्द गरेको बताए । 

उनले भने, ‘डिजेलको भाडा बढेसँगै नेपाल आयल निगमले ग्यास ढुवानीको भाडा बढाउनुपर्ने हो, त्यसो नहुँदा हामीलाई गाह्रो भएर आपूर्ति बन्द गर्न बाध्य भयौँ ।’

अध्यक्ष मल्लीका अनुसार भारतीय बजारमा डिजेल प्रतिलिटर ९७ रुपैयाँ मूल्य हुँदा रिफाइनरीबाट उद्योगसम्म ल्याउन बाह्य ढुवानी भनेर ८७ रुपैयाँ कायम गरिएको थियो ।  

भारतीय बजारमा डिजेल प्रतिलिटर ७० रुपैयाँ हुँदादेखि नै भाडा उही दरमा रहेको मल्लीले बताए । अहिले भारतीय बजारमा नै डिजेलको मूल्य प्रतिलिटर १ सय भारुभन्दा बढी भइसकेको छ ।

अध्यक्ष मल्लीले भने, ‘उता डिजेलको भाउ ५० प्रतिशतभन्दा बढीले बढिसक्दा पनि हाम्रोमा भने पुरानै भाउमा खरिद गरिरहेको अवस्था थियो । पछिल्लो समय त इन्डियन आयल निगमले पनि भाडा समायोजन नगरी ग्यास नपठाउने भनेको छ ।’

उनका अनुसार, नेपालमा इन्डियन आयल निगमबाट नै रिफाइनरी ग्यास आउँछ । त्यो ग्यास यहाँका उद्योगहरूले सिलिन्डरमा राखेर बिक्री वितरण गर्ने गरेका छन् ।

संघले ११ दिन अघिबाट नयाँ एलपी ग्यासको अर्डर लिन बन्द गरेको छ ।  यस्तै ६ दिनअघिदेखि रिफाइनरीबाट ग्यास लोड गर्ने काम बन्द गरेको छ भने ३ दिन अघिबाट नेपाल नपसेका ग्यासलाई सीमापारि नै रोकिदिएको संघका अध्यक्ष मल्लीले बताए । 

ग्यासको भाउ बढाउन माग 

नेपालमा अहिले ग्यास प्रति सिलिन्डर १ हजार ५ सय ७५ रुपैयाँमा भरिँदै आएको छ । यो ग्यास मात्रको मूल्य हो । तर अब भने डिजेलको भाउमा ठूलो वृद्धि हुँदा ढुवानीमा समेत असर पर्ने भन्दै ग्यास व्यवसायीहरूले ग्यासको भाउ बढाउनका लागि माग गरिरहेका छन् । 

एलपी ग्यासको भाउ बढाउनका लागि पटक–पटक सरकारलाई आग्रह गर्दै आएका ग्यास व्यवसायीहरूले यसपटक भने आपूर्ति नै रोकेका छन् । 

अध्यक्ष मल्ली भन्छन्, ‘अब ग्यास र डिजेलको भाउमा ग्याप ठूलो भइसकेको अवस्था छ, समयानुकूल यसलाई समायोजन गर्दै डिजेलको भाउ बढ्दा ग्यासको पनि बढ्ने र घट्दा ग्यासको पनि घट्ने सिस्टम मिलाउनुपर्छ भन्ने हाम्रो माग हो ।’

उनले सरकारलाई आफूहरूले गत फागुन १९ गतेदेखि ध्यानाकर्षण गराए पनि माग सम्बोधनका लागि चासो नदिएको आरोप लगाए । 

बजारमा अभाव !

ग्यास व्यवसायीहरूको दुई साता अघिदेखिको आन्दोलनका कारण अहिले बजारमा एलपी ग्यासको अभाव हुन थालेको छ । 

ग्यास  बिक्रेताहरूले आयात रोकिएको भन्दै एलपी ग्यास किन्न जाने ग्राहकहरूलाई खाली हात फर्काउन थालिसकेका छन् ।

‘अहिलेसम्म त पुरानै स्टक मात्र बिक्री गरेका छौँ, अब सकिनै लागेको छ, नयाँ सिलिन्डर आएका छैनन्,’ ललितपुरको कुमारीपाटीस्थित एक ग्यास व्यवसायीले भने ।

ती व्यवसायीका अनुसार, भएको स्टकबाट मात्रै बिक्री गर्दा अहिलेसम्म धाने पनि अबको एक/दुई दिनमै एलपी ग्यास अभाव हुने देखिन्छ ।

हाल नेपालभर दैनिक एक लाख सिलिन्डर ग्यास खपत हुँदै आएको छ । तर आपूर्ति बन्द हुँदा पुरानो स्टकले पनि केही दिन मात्रै धान्ने एलपी ग्यासका डिलरहरूले बताउँदै आएका छन् । 

एलपी ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले अहिले ग्यास आपूर्ति नहुँदा एक सिलिन्डर मात्रै ग्यास हुने ग्राहकलाई ठूलो समस्या पर्ने बताए । 

उनले आफूहरूले बाध्य भएर आन्दोलन गर्दा पनि सरकारले सुनुवाइ नगरेमा अबको एक सातापछि ग्यास सिलिन्डर अभाव हुने अध्यक्ष अर्यालले बताए । 

अहिले आपूर्ति शून्य भएको अवस्थामा पुरानो स्टकले काम चलाए पनि नयाँ स्टक ल्याउनका लागि सरकार आफैंले बाटो खुलाउनुपर्नेमा जोड दिए । 

अहिले केही कम्पनीको मात्रै यो हप्ताभरिलाई पुग्ने ग्यास रहेको उनको भनाइ छ ।

‘सरकारले यस्तो परिस्थिति आफैं चाहन्छ भने हामीले के भन्ने, सरकारले नै जवाफ दिनुपर्छ । तर घाटामा काम गर्ने स्थिति आएपछि सरकारलाई मूल्य बढाउन आग्रह गरिएको हो,’ उनले भने । 

उनका अनुसार ७४ रुपैयाँ डिजेलको मूल्य हुँदा प्रति सिलिन्डरको लोकल ढुवानी ३६ रुपैयाँ लिने गइएको थियो । 

अहिले भने डिजेलको मूल्य १ सय ३८ रुपैयाँ पुग्दा पनि भाडालाई वैज्ञानिक ढंगले समायोजन नगर्दा समस्या भएको उनको भनाइ छ ।

कर घटाउने कि मूल्य बढाउने ? 

यता, नेपाल आयल निगमले एलपी ग्यासको मूल्य बढाउन सरकारलाई प्रस्ताव गरेको छ ।

अहिले काठमाडौं उपत्यकामा कायम भएको एलपी ग्यासको प्रति सिलिन्डर मूल्य १ हजार ५ सय ७५ रुपैयाँमा निगमले ६ सय रुपैयाँभन्दा बढी घाटा खाइरहेको निगमका सह–प्रवक्ता पुष्कर कार्कीले बताए । 

उनका अनुसार, अहिले सो मूल्यमा २ सय रुपैयाँ प्रतिसिलिन्डर उपभोक्ताले मूल्य अभिवृद्धि कर तिर्दै आएका छन् ।

सरकारले ग्यासमा सो कर घटाएर भए पनि उपभोक्तालाई सहुलियत दिनुपर्नेमा निगमको जोड रहेको उनले बताए । 

उनले भने, ‘सरकारले कर छुट नदिएमा मूल्य बढाउनुपर्ने अवस्था आउने बाध्यात्मक परिस्थिति छ, यसमा सरकारसँग छलफल भइरहेको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x