२९ जेठ २०८३, शुक्रबार
देउवाको दिल्ली यात्रा

प्रधानमन्त्री देउवाको भारत भ्रमण– स्वागतका लागि दिल्लीको सडकमा मोदीसहितका ब्यानर

चैत १८, २०७८
प्रधानमन्त्री देउवाको भारत भ्रमण– स्वागतका लागि दिल्लीको सडकमा मोदीसहितका ब्यानर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा शुक्रवार भारत भ्रमणमा आउन लागेका प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतका लागि तयारी पूरा भएको छ । 

तीन दिने भ्रमणका लागि देउवा शुक्रवार दिउँसो २ः५० मा नयाँ दिल्लीमा अवतरण गर्ने कार्यक्रम छ । 

देउवाको स्वागतका लागि नयाँ दिल्लीको सडकमा भारतीय प्रधानमन्त्री मोदीसहितका तस्वीर राखिएका छन् । यस्तै नेपाल र भारतका झण्डा पनि राखिएका छन् । 

भारतको विदेश मन्त्रालयले बिहीवार प्रधानमन्त्री देउवाको भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ । 

नयाँ दिल्ली आएलगत्तै देउवाले सबैभन्दा पहिले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

देउवाको आतिथ्यतामा लागि व्यवस्था गरिएको होटल आईटीसी मौर्यमा उनलाई भेट्न जयशंकर अपराह्न साढे ४ बजे आइपुग्नेछन् । 

शुक्रवार नै प्रधानमन्त्री देउवा भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा जाने कार्यक्रम तय भएको छ । 

शनिवार बिहान १०ः४० मा प्रधानमन्त्री देउवा राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा चढाउने कार्यक्रम छ । 

त्यसपछि प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता हुनेछ । त्यसका लागि देउवा ११ बजेर १० मिनेटमा हैदरावाद हाउस पुग्नेछन् । 

मध्याह्न १२ः१५ मा हैदरावाद हाउसमा नै दुईपक्षीय सम्झौता आदानप्रदान र प्रधानमन्त्रीहरूले संयुक्तरूपमा प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम तय भएको छ । 

शनिवार दिउँसो साढे ४ बजे भारतका उपराष्ट्रपति वेन्कैया नायडूसँग प्रधानमन्त्री देउवाको भेटवार्ता हुनेछ । 

आइतबार बिहान ९ बजे प्रधानमन्त्री देउवा बनारसमा आयोजित कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । 

अपराह्न ४ बजे उनी दिल्ली फर्किसक्ने र सवा ४ बजे काठमाडौं फर्कने कार्यक्रम तय भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्