कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
चैत १८, २०७८
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा शुक्रवार भारत भ्रमणमा आउन लागेका प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतका लागि तयारी पूरा भएको छ ।
तीन दिने भ्रमणका लागि देउवा शुक्रवार दिउँसो २ः५० मा नयाँ दिल्लीमा अवतरण गर्ने कार्यक्रम छ ।
देउवाको स्वागतका लागि नयाँ दिल्लीको सडकमा भारतीय प्रधानमन्त्री मोदीसहितका तस्वीर राखिएका छन् । यस्तै नेपाल र भारतका झण्डा पनि राखिएका छन् ।
भारतको विदेश मन्त्रालयले बिहीवार प्रधानमन्त्री देउवाको भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ ।
नयाँ दिल्ली आएलगत्तै देउवाले सबैभन्दा पहिले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
देउवाको आतिथ्यतामा लागि व्यवस्था गरिएको होटल आईटीसी मौर्यमा उनलाई भेट्न जयशंकर अपराह्न साढे ४ बजे आइपुग्नेछन् ।
शुक्रवार नै प्रधानमन्त्री देउवा भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा जाने कार्यक्रम तय भएको छ ।
शनिवार बिहान १०ः४० मा प्रधानमन्त्री देउवा राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा चढाउने कार्यक्रम छ ।
त्यसपछि प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता हुनेछ । त्यसका लागि देउवा ११ बजेर १० मिनेटमा हैदरावाद हाउस पुग्नेछन् ।
मध्याह्न १२ः१५ मा हैदरावाद हाउसमा नै दुईपक्षीय सम्झौता आदानप्रदान र प्रधानमन्त्रीहरूले संयुक्तरूपमा प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम तय भएको छ ।
शनिवार दिउँसो साढे ४ बजे भारतका उपराष्ट्रपति वेन्कैया नायडूसँग प्रधानमन्त्री देउवाको भेटवार्ता हुनेछ ।
आइतबार बिहान ९ बजे प्रधानमन्त्री देउवा बनारसमा आयोजित कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
अपराह्न ४ बजे उनी दिल्ली फर्किसक्ने र सवा ४ बजे काठमाडौं फर्कने कार्यक्रम तय भएको छ ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...