×

NMB BANK
NIC ASIA

निर्वाचन आयोगले बोलाएको छलफलमा तनाव, बैठकस्थलमै नाराबाजी

चैत २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा तनाव सिर्जना भएको छ । निर्वाचन आचारसंहिताबारे छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको थियो । 

Muktinath Bank

छलफलमा सहभागी हुन गएका केही साना राजनीतिक दलका नेताहरूले निर्वाचन आयोग पाँच दलीय गठबन्धनको इसारामा चलेको भन्दै विरोध गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही नेताहरूले बैठकस्थलमै निर्वाचन आयोगविरुद्ध नाराबाजी समेत गरेका थिए । छलफल तनावग्रस्त भएपछि केहीबेर आयोगले छलफल नै रोकेको थियो । 


Advertisment
Nabil box
Kumari

निर्वाचन आयोगले विस्तृतमा छलफल नै नगरी निर्वाचन आचारसंहितामा राजनीतिक दलका प्रतिनिधिहरूलाई हस्ताक्षर गर्न दबाब दिएको राजनीतिक दलका नेताहरूले बताएका छन् । 

Vianet communication
Laxmi Bank

निर्वाचन आयोगले बनाएको आचारसंहितामा निष्पक्ष रूपमा चुनाव हुने विषय उल्लेख नभएको, निर्वाचनमा राज्य स्रोतको दुरुपयोगबारे आचारसंहिता मौन रहेको जस्ता कमजोरी औँल्याएका छन् । 

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले सरकारी खर्चमा हेलिकप्टर प्रयोग हुने विषयलाई के गर्ने भन्ने बारेमा निर्वाचन आचारसंहितामा उल्लेख नभएको छलफलका क्रममा बताएका थिए । 

नेपाली जनता दलका अध्यक्ष हरिचरण शाहले निर्वाचन आयोगले बोलाएर जबर्जस्ती आचारसंहितामा हस्ताक्षरको लागि दबाब दिएको बताए । 

उनले भने, ‘छलफल नै नगरी हस्ताक्षर गर्ने भए त नेताको घरघरमा पठाएर हस्ताक्षर गरेर ल्याएको भए भइहाल्थ्यो नि ।’

आयोगले राजनीतिक दलका शीर्ष नेतालाई छलफलमा बोलाएको भए पनि उनीहरूसँग सँगै केन्द्रीय सदस्य र अरू कार्यकर्ता पनि आयोगले बोलाएको छलफलमा सहभागी हुन पुगेका थिए ।

आयोगमा ६ दलको सिण्डिकेट लागू गरेर निर्वाचनका लागि दर्ता भएका ७०/८० वटा दललाई पेल्न खोजिएको शाहले बताए ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x