×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

कांग्रेस र माओवादीले गठबन्धन गर्दा पनि एमाले जितेको हेटौंडा, यसपालि के होला ?

चैत २४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

वैशाखमा हुने स्थानीय चुनाव नजिकिँदै जाँदा बागमती प्रदेशको हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्न नेताहरूको दौडधूप बढेको छ ।

Muktinath Bank

बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुरको हेटौंडाको भावी मेयरबारे जनस्तरमा समेत चर्चा चलिरहेको छ । मकवानपुरका १० स्थानीय तहमध्ये हेटौंडा उपमहानगरपालिकामा सबैको चासो छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपमहानगरपालिकाको नेतृत्व कसले लिने भन्नेमा प्रमुख पार्टीभित्रै समेत तीव्र प्रतिस्पर्धा भइरहेको छ । २०७४ सालको स्थानीय चुनावमा उपमहानगरको मेयर पदका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गर्दै निर्वाचनमा होमिँदा नेकपा एमाले एक्लैले निर्वाचनको सामना गरेको थियो । तत्कालीन समयमा एकल रूपमा निर्वाचनमा होमिँदा समेत उपमहानगरको मेयर र उपमेयर दुवै पदमा एमाले विजयी भएको थियो ।


Advertisment
Nabil box
Kumari

पछिल्लो समय २०५४ र २०७४ सालमा भएका स्थानीय निर्वाचनमा उपमहानगरमा एमाले विजयी भएको थियो । त्यसैले यतिबेला एमालेले आफ्नो ‘लालकिल्ला’ हेटौंडामा विरासत जोगाउन चाहन्छ भने नेपाली कांग्रेस एमालेको किल्ला भत्काउँदै नयाँ इतिहास कायम गर्न चाहन्छ ।

Vianet communication
Laxmi Bank

२०७४ सालको चुनावपछि नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भयो तर लामो समयसम्म एकताले मूर्तरूप लिन नसक्दा माओवादी केन्द्र मात्र पार्टीबाट बहिरिएन, तत्कालीन एमालेभित्रकै नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल समेत बाहिरिँदै नेकपा एकीकृत समाजवादी पार्टी बनाएका छन्, जसको असर आसन्न चुनावमा पर्ने देखिन्छ ।

एमाले २ चिरामा विभाजन भएपछि बनेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको गठबन्धन स्थानीय तहको चुनावमा मिलेर जाने तयारीमा छ ।

मेयरका लागि कांग्रेसबाट २ आकांक्षी

हेटौंडाको मेयरका लागि नेपाली कांग्रेसबाट आनन्दराम पराजुली र प्रभात दाहाल मुख्य आकांक्षी देखिएका छन् ।

पराजुली अघिल्लो स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरको मेयरमा ६१५ मतान्तरले एमाले उम्मेदवारसँग पराजित भएका हुन् । पराजुलीले नेपाली कांग्रेस मकवानपुरको १४औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गरेका थिए तर चुनाव दोस्रो चरणमा गएपछि सहमति गर्दै छाडेका थिए ।

उनी लामो समय संस्थापन पक्ष शेरबहादुर देउवानिकट रही हालका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँनिकट रहेर राजनीति गरेका नेता हुन् । पछिल्लो समयमा देउवा पक्षधरले उनलाई छाडेको चर्चा पनि कांग्रेस वृत्तमा छ ।

केन्द्रमा प्रकाशमान सिंहनिकट मानिने प्रभात दाहाल लामो समय नेपाल विद्यार्थी संघको केन्द्रीय महामन्त्री समेत रहँदै राजनीति गरेका नेता हुन् । केन्द्रमा प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा रामचन्द्र पौडेलको पक्षधरता छाड्दै शेरबहादुर देउवा पक्षतिर लागेसँगै दाहाल पनि जिल्लामा संस्थापन पक्षका सभापति बुद्ध लामालाई जिताउन खुलेरै लागेका थिए । पराजुलीलाई संस्थापन पक्षले छाड्दा दाहाल बलियो देखिएका कांग्रेस नेताहरू बताउँछन् ।

प्रदेशकै एक मात्र उपमहानगर भएकाले पनि प्रकाशमान सिंहले हेटौंडाको मेयरका लागि दाहाललाई अघि सार्न सक्ने सम्भावना रहेको बताइन्छ ।

एमालेमा ३ आकांक्षी

एमालेबाट संविधानसभा सदस्य समेत रहेका अनन्त पौडेल, हालका मेयर हरिबहादुर महत र जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल मेयरका आकांक्षी देखिएका छन् । २०७४ सालको स्थानीय चुनावलाई हेर्दा हेटौंडा उपमहानगरलाई नेकपा एमालेले लालकिल्लाको रूपमा स्थापित गरेको थियो । त्यसअघि हेटौंडामा २०४६ सालको बहुदलीय व्यवस्थापछि भएका दुवै निर्वाचनमा एमालेले जितेको थियो ।

२०४९ र २०५४ सालका दुवै चुनावमा बागमतीका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल मेयर भएका थिए भने २०७४ सालको निर्वाचनमा पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारलाई पछार्दै एमालेका हरिबहादुर महतले मेयर र मीनाकुमारी लामाले उपमेयरमा जितेका थिए । 

गत स्थानीय तह चुनावमा माओवादी केन्द्र समेतको गठबन्धनबाट उम्मेदवार भएका कांग्रेसका आनन्द पराजुलीले २२ हजार ५०९ मत प्राप्त गर्दा एमालेका  मेयर महतले २३ हजार १२४ मत पाएका थिए । उपमेयरमा पनि एमालेकै मीना लामा निर्वाचित भएकी थिइन् । उनले २३ हजार ४३७ मत प्राप्त गर्दा माओवादी केन्द्रका बलराम बलले १७ हजार ११ मत पाएका थिए । 

हेटौंडा उपमहानगरका १९ वडामध्ये एमालेले १२ वडा जितेको थियो भने कांग्रेसले ५ र माओवादी केन्द्रले २ वडा जितेको थियो । गत स्थानीय चुनावमा एमालेबाट निर्वाचित उपमेयर मीनाकुमारी लामा नेकपा एकीकृत समाजवादीमा लाग्दा गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका माओवादीका बलराम बल र माओवादीबाटै हेटौंडाको  १४ नम्बर वडामा निर्वाचित अध्यक्ष दिपक खड्का एमाले प्रवेश गरेका छन् ।

पार्टी विभाजनको असरबारे लोकान्तरसँग कुरा गर्दै एमाले मकवानपुरका जिल्ला सचिव नविन सिग्देलले भने, ‘२–४ जनाले पार्टी परित्याग गरेर जाँदैमा पार्टी कमजोर हुँदैन, अन्य पार्टीका थुप्रै नेता–कार्यकर्ता एमाले प्रवेश गरेका छन् । हेटौंडा उपमहानगरपालिका एमालेको लालकिल्लाको रूपमा रहेको छ, हामी जित्छौं, हामी ढुक्क छौं ।’ 

एकीकृत समाजवादीका २ आकांक्षी

एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादी पार्टीबाट हेटौंडाको मेयरमा श्रीधर पोखरेल र मीना लामाले आकांक्षा देखाएका छन् । एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष समेत रहेका पोखरेल र हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामा मेयरका लागि आकांक्षी देखिएका छन् ।

स्रोतका अनुसार लामाले १ पटक उपमेयर भइसकेकाले अब मेयरको जिम्मेवारी पाउनुपर्ने दाबी गरिरहेकी छन् भने पोखरेल स्थानीय निर्वाचनमा पनि गठबन्धन भएमा मात्रै मेयर दाबी गर्ने पक्षमा छन् ।

गठबन्धन गरेरै चुनाव लड्ने निर्णय नेपाली कांग्रेसले गरेसँगै उपमहानगरमा मेयरको टिकट कसले पाउला भन्ने चर्चा शुरू भएको छ । हेटौंडा उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयरमा आकांक्षीको नाम चर्चामा छैन । अघिल्लो स्थानीय चुनावमा गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका माओवादीका नेता बलराम बल एमाले प्रवेशसँगै माओवादीभित्र हेटौंडाको मेयरका आकांक्षी देखापरेका छैनन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति बुद्ध लामाले आफ्ना  उम्मेदवारको अन्तिम टुंगो वैशाखको पहिलो हप्ताभित्र गरिसक्ने बताए ।

नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले चैत्र २५ शुक्रवार उम्मेदवारको टुंगो लगाउने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x