
निर्वाचन आयोगले आज (शुक्रवार) पत्रकार भेटघाटको आयोजना गरेको छ ।
आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनका सन्दर्भमा अपरान्ह ५ बजे पत्रकार भेटघाट गर्ने भएको हो ।
सम्मेलनमा आयोगले आचारसंहिता सार्वजनिक गर्नेछ ।
स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते हुँदैछ ।