२३ असार २०८३, मंगलबार

रणवीर-आलिया विवाहको चर्चा चलिरहँदा बाहिरियो यस्तो खबर

चैत २७, २०७८
रणवीर-आलिया विवाहको चर्चा चलिरहँदा बाहिरियो यस्तो खबर

रणवीर कपुर र आलिया भट्टको विवाहबारे नयाँ खबर बाहिर आएको छ । उनीहरूले आफ्ना परिवार र साथीहरूलाई मुम्बईको द ताजमहल प्यालेस होटलमा भव्य समारोहको आयोजना गर्दै रिसेप्सन दिने बताइएको छ । 

यसमा करण जोहर, ऋतिक रोशन, रानी मुखर्जी, कट्रिना कैफ, सिद्धार्थ मल्होत्रा, अर्जुन कपुर, आदित्य रोय कपुर, वरुण धवनजस्ता कलाकार सहभागी हुनेछन् । 

समाचारका अनुसार रणवीर कपुर र आलिया भट्टले आफ्नो विवाहको रिसेप्शन १७ अप्रिलमा मुम्बईको ताजमहल प्यालेस होटलमा आयोजना गर्ने निर्णय गरेका छन् । 

त्यसपछि दुवै एकपटक आफ्नो काममा व्यस्त हुनेछन् । यो पनि भनिएको छ कि आलिया भट्ट र रणवीर कपुर विवाहको रिसेप्शनको लागि बुक गर्न ताजमहल प्यालेस गएका थिए ।

रणवीर कपुरले आफ्ना विशेष साथीहरूका लागि ब्याचलर पार्टी पनि आयोजना गर्दैछन् । यो पार्टी १६ अप्रिलमा हुने सम्भावना छ । त्यसमा ५० जनालाई निमन्त्रणा गरिएको छ । 

दुवैजना विवाहलाई लिएर निकै उत्साहित छन् । रणवीर कपुर र आलिया भट्ट लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्