रणवीर कपुर र आलिया भट्टको विवाहबारे नयाँ खबर बाहिर आएको छ । उनीहरूले आफ्ना परिवार र साथीहरूलाई मुम्बईको द ताजमहल प्यालेस होटलमा भव्य समारोहको आयोजना गर्दै रिसेप्सन दिने बताइएको छ ।
यसमा करण जोहर, ऋतिक रोशन, रानी मुखर्जी, कट्रिना कैफ, सिद्धार्थ मल्होत्रा, अर्जुन कपुर, आदित्य रोय कपुर, वरुण धवनजस्ता कलाकार सहभागी हुनेछन् ।
समाचारका अनुसार रणवीर कपुर र आलिया भट्टले आफ्नो विवाहको रिसेप्शन १७ अप्रिलमा मुम्बईको ताजमहल प्यालेस होटलमा आयोजना गर्ने निर्णय गरेका छन् ।
त्यसपछि दुवै एकपटक आफ्नो काममा व्यस्त हुनेछन् । यो पनि भनिएको छ कि आलिया भट्ट र रणवीर कपुर विवाहको रिसेप्शनको लागि बुक गर्न ताजमहल प्यालेस गएका थिए ।
रणवीर कपुरले आफ्ना विशेष साथीहरूका लागि ब्याचलर पार्टी पनि आयोजना गर्दैछन् । यो पार्टी १६ अप्रिलमा हुने सम्भावना छ । त्यसमा ५० जनालाई निमन्त्रणा गरिएको छ ।
दुवैजना विवाहलाई लिएर निकै उत्साहित छन् । रणवीर कपुर र आलिया भट्ट लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका छन् ।