०५ साउन २०८३, मंगलबार

स्वास्थ्य बीमा नवीकरणको भुक्तानी अब अनलाइन माध्यमबाट हुने

स्वास्थ्य बीमा नवीकरणको भुक्तानी अब अनलाइन माध्यमबाट हुने

स्वास्थ्य बीमाका बीमितहरुले अब बीमा नवीकरणको भुक्तानी अनलाइनबाट गर्न सक्ने भएका छन् ।

 एक कार्यक्रमका बीच बोर्डका अध्यक्ष डा. सेनेन्द्र राज उप्रेतीको उपस्थितिमा स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङबाट उक्त सेवाको शुभारम्भ गरिएको हो । 

यस अन्तर्गत अब स्वास्थ्य बीमा बोर्ड मार्फत बीमितहरुले कनेक्टआइपीएसको माध्यमबाट आफ्नै बैंक वित्तीय संस्थाको खाताबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् ।   

नेपाल सरकारले लागु गरेको उक्त बीमा योजना अन्तर्गत, प्रत्येक बिमित नेपाली परिवारले रु १ लाखसम्मको बीमा सुविधा प्राप्त गर्दै आएका छन् । यस अन्तर्गत हाल सम्म ५३ लाख भन्दा बढी लाभग्राहीहरु रहेका छन् । स्वास्थ्य बीमा बोर्डको डिजिटलाइजेसन यस कदमलाई बोर्डको सेवा प्रवाहमा उल्लेख्य योगदान पु¥याउने एक महत्वपूर्ण कोषे ढुङ्गाको रुपमा लिइएको छ । 

बीमितहरुले बीमा नवीकरण भुक्तानीको लागि कनेक्टआइपीएसमा लग–इन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी बैंक खाताबाटै भुक्तानी गर्न सक्नेछन् ।

कमेन्ट गर्नुहोस्