
च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा रियल मड्रिडले चेल्सीलाई हराएको छ ।
मंगलबार राति क्वाटरफाइनलको दोस्रो लेगमा अनुकुल नतिजा निकाल्दै स्पेनिस क्लब रियल सेमिफाइनल प्रवेश गरेको छ ।
दोस्रो लेगको खेलमा रियल मड्रिडले चेल्सीसँग २–३ को हार ब्यहोर्यो । तर समग्रमा ५–४ को नतिजा सहित रियल अन्तिम चारमा प्रवेश गर्यो । पहिलो लेगमा रियल ३–१ गोल अन्तरले अघि थियो ।
रियल पछिल्लो १२ सिजनमा १० औं पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।