नेकपा (माओवादी केन्द्र)ले चुनावी प्रचार सामग्रीबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्वीर हटाएको छ ।
‘अँध्यारोबाट उज्यालोको यात्रा’ भन्दै माओवादीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री जनार्दन शर्मासहित कुलमानको तस्वीर राखेर माओवादीले पोस्टर सार्वजनिक गरेको थियो ।
तीव्र आलोचना भएपछि कुलमानको फोटो हटाएर नयाँ पोस्टर प्रचण्डको फेसबूक पेजमा अपलोड गरिएको छ । नयाँ पोस्टरमा प्रचण्डको मात्र फोटो छ ।
जनार्दन शर्मा ऊर्जामन्त्री र कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएका बेला नेपालमा लोडसेडिङ अन्त्यको घोषणा गरिएको थियो ।
पोस्टरमा बहालवाला सरकारी कर्मचारीको तस्वीर राखेको भनेर तीव्र आलोचना भएपछि माओवादीले नयाँ पोस्टर सार्वजनिक गरेको हो ।
हेर्नुहोस्, पोस्टर :