०९ साउन २०८३, शनिबार

सेञ्चुरी बैंकको शताब्दी बचत खाता: उच्चतम ब्याज र बीमाको सुविधा

सेञ्चुरी बैंकको शताब्दी बचत खाता: उच्चतम ब्याज र बीमाको सुविधा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा बचतकर्ताहरूको हितलाई ध्यानमा राखेर शताब्दी बचत खाता संचालनमा ल्याएको छ । 

शताब्दी बचत खातामा ग्राहकहरूले वार्षिक ८.०३ प्रतिशतको उच्च ब्याजदरका साथसाथै ७ लाख रुपैयाँ सम्मको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस खातामा १ लाखसम्मको स्वास्थ्य बीमा, १ लाख रुपैयाँसम्मको विभिन्न १८ घातक रोगको बीमा र ५ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था रहेको छ । 

शताब्दी बचतखाता खोल्दा ग्राहकहरूलाई मोबाइल बैंकिंङ, इन्टरनेट बैंकिङ्ग, भिषा डेबिट कार्ड, लकर सेवा, डिम्याट खाता र मेरो शेयर निःशुल्क प्रदान गरिने बैंकले जनाएको छ । 

साथै शताब्दी खाता खोल्दा ग्राहकहरूलाई बैंकको केन्द्रीय कार्यालयमा प्रिभिलेज काउन्टरको व्यवस्था र शाखाहरूमा विशेष प्राथमिकता साथ सेवा प्रदान गरिनेछ । यो खाता बैंकका सम्र्पूण शाखाहरूबाट खोल्न सकिनेछ । 

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्