१२ साउन २०८३, मंगलबार

धादिङमा गठबन्धनबीच भागबण्डा : कांग्रेसलाई ७, माओवादी र समाजवादीलाई ३-३ स्थानीय तह

धादिङमा गठबन्धनबीच भागबण्डा : कांग्रेसलाई ७, माओवादी र समाजवादीलाई ३-३ स्थानीय तह

आसन्न स्थानीय निर्वाचनमा तालमेल गर्ने विषयमा गठबन्धन दलहरूबीच धादिङमा भागबण्डा टुंगिएको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीले स्थानीय तहको नेतृत्व लिने संख्यामा सहमति गरेका हुन् ।

सहमतिअनुसार जिल्लाका १३ मध्ये ७ स्थानीय तह नेपाली कांग्रेसको भागमा परेको छ । माओवादी र एसले ३/३ स्थानीय तह पाउने छन् ।

कुन–कुन स्थानीय तहमा नेतृत्व पाउने भन्ने विषय टुंगिन बाँकी छ । जिल्ला समन्वय समिति भने माओवादीले पाउने गरी सहमति भएको स्रोतले बतायो ।

यसअघि जितेका स्थानीय तहमा सम्बन्धित दलले नै उम्मेदवारी दिन पाउने छन् भने बाँकीमा भागबण्डा हुनेछ ।

स्रोतका अनुसार माओवादीले थाक्रे, बेनिघाट रोराङ र रुभीभ्याली गाउँपालिका पाउने सम्भावना छ ।

एसले धुनीबेसी र गल्छी पाउने पक्कापक्की जस्तै छ। अर्को एक स्थानीय तह कुन भन्ने सार्वजनिक भएको छैन ।

सदरमुकामसहित रहेको नीलकण्ठ नगरपालिकासहित मध्य र उत्तरी क्षेत्रका अधिकांश स्थानीय तह कांग्रेसको भागमा पर्ने देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्