
तान्जानियामा यो वर्ष शुरू भएपछिको पहिलो तीन महिनामा एक नदी छेउमा कम्तीमा ६ जनालाई गोहीले खाएको छ ।
यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार ती नागरिक यहाँको किबाहा जिल्लाको एक नदी किनारमा कामका सिलसिलमा पुगेका बेला नदी किनारमा उनीहरूलाई गोहीले आक्रमण गरेको हो ।
सो जिल्लाका प्रहरी अधिकारीले दिएको जानकारीअनुसार यसै वर्षको जनवरीदेखि मार्चसम्ममा ती नागरिकलाई गोहीले आक्रमण गरेको थियो । यहाँको किमारासिले गाउँका प्रमुख सालुम बुंगोले त्यस गाउँका नागरिकलाई यसअघि पनि गोहीले आक्रमण गरी घाइते बनाउने गरेको थियो ।
बुंगोले आफ्ना बुबा पनि गोहीको आक्रमणमा परेको बताए । उनले गोहीले आक्रमणमा परी मृत्यु भएका ६ जनामध्ये आफ्ना पिता पनि एक भएको बताए । उनले यहाँका नागरिकले गोहीबाट हुने यस प्रकारको हमलाबाट सुरक्षाका लागि सरकारसँग आग्रह गरिरहेका पनि जानकारी दिए । -रासस/सिन्ह्वा