माघ २३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...
मानवअधिकारको सम्मान, संरक्षण र सम्वद्र्धनका लागि बनाइएको पाँचौँ राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन नसकेकामा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
नेपालको संविधान तथा कानूनद्वारा प्रत्याभूत मानवअधिकारको उपभोग गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले कार्ययोजना बनाइए पनि कार्यान्वयन गर्ने निकाय प्रतिबद्ध नहुँदा यसको कार्यान्वयनमा समस्या रहेको उनीहरुको भनाइ छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयले आज बुटवलमा आयोजना गरेको ‘पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक’ प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमका सहभागीले मानवअधिकारको प्रत्याभूतिका लागि यस्ता कार्ययोजनाको कार्यान्वन जरुरी रहेको बताए।
लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले मानवअधिकारको संरक्षण र सम्वद्र्धनका लागि तीनै तहका सरकार प्रतिबद्ध हुनुपर्ने बताए । उनले मानवअधिकारको पाँचौँ कार्ययोजनामा समेटिएका शिक्षा, स्वास्थ्य तथा सामाजिक न्यायको विषयमा सबै जिम्मेवार हुनुपर्ने धारणा राखे ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले कार्ययोजना कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताए ।
कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले प्रदेशका सचिवको छिटोछिटो सरुवा हुँदा यो विषयबारे मन्त्रालय जानकार हुन नसकेको उल्लेख गर्दै यो कार्ययोजनाका कतिपय कार्यक्रम भने मन्त्रालयका वार्षिक कार्यक्रममा समेटिएको बताए ।
जिल्ला समन्वय समितिका संयोजक एकराज विश्वकर्माले मानवअधिकार कार्यान्वयनका लागि बनेको समितिको बैठक अहिलेसम्म बस्न नसकेको बताए ।
पत्रकार दिनेश पाण्डे, विनोद परियार, युवराज कँडेल, रेखा भुसाल, रिमा विसीलगायतले पाँचौँ कार्ययोजना बनिसक्दा चार योजना कार्यान्वयन भएको थाहा नपाएको गुनासो गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...
सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...
नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ । ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...
स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...
नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...