असार ११, २०७९
व्यञ्जन पस्कने सबैको आ–आफ्नै तरिका र स्टाइलहरू छन् । नेपालमा कसैले सालको पात प्रयोग गर्छन् त कसैले काँचका भाँडा त उपल्लो वर्गले चाँदीको । भारतमा पनि साउथ ईलाकामा केराको पातमा व्यञ्जन पस्कने परम्परा छ भने अन्...
पछिल्लो समय नेपालमा पनि डिटक्स वाटरको निकै चर्चा छ । स्वास्थ्यमा निकै सचेत हुन थालेका नेपालीहरू ‘डिटक्स वाटर’ पिउनु भनेको धेरै राम्रो कुरा हो । स्वच्छ पिउने पानीलाई काँचको जार, डिसपेन्सर, बोटल या कुनै बाटामा विभिन्न जडीबुटी, लेमोन, स्याउ, सुन्तलाको स्लाइस हालेर छोपी पूरा रात राखी बिहान पिउनु नै डिटक्स वाटर सेवन गर्नु हो । पटक–पटक पानी थपेर घटीमा ६ घण्टा पछाडि पिउनाले शरीरका अंग शुद्ध गर्न धेरै सहयोग पुग्छ ।
उमालेर चिसो गरेको या जारको स्वच्छ पानीमा यो डिटक्स वाटर बनाउन सकिन्छ । बिहानको खाजा खानुअगाडि डिटक्स वाटर २ गिलास पिउनु उत्तम हुन्छ । ठूलाठूला तारे होटलको ब्रेकफास्ट बोफेटमा दशैं लिटर यस्तो खालको डिटक्स पानी अनिवार्य रूपमा राखिदिएको हुन्छ । ग्राहकको इच्छाअनुसार एक गिलास या २ आफैंले डिस्पेन्सरबाट या जगबाट सारेर पिउने चलन छ । यो डिटक्स पानी घरमा पनि सजिलै बनाएर पिउन सकिन्छ ।
कसरी बनाउने डिटक्स वाटर ?
चाहिने सामग्रीः २ लिटर सफा जारको पानी, २ स्लाइस कागती, २ स्लाइस सुन्तला, जुनार, मौसम, भोगटे या मुन्तला, ३ स्लाइस काक्रो, ३ स्लाइस स्याउ, ताजा अदुवा २ स्लाइस, चुकन्दर २ स्लाइस, गाँजर २ स्लाइस, पुदिना २ मुन्टा, तुलसी २ ।
बनाउने विधिः पानीलाई सफा सिसाको बोतल, जग, जार या डिस्पेन्सरमा राख्ने । यदि सिसाको भाँडो छैन भने एक्रलिकको उपयुक्त भाँडोमा राख्न सकिन्छ । उल्लेखित सम्पूर्ण सामग्री राम्ररी सफा पानीमा पखालेर आफूले रोजेर हालेको जारको पानीको भाँडोमा खन्याउने । बेलुका मिक्स गरेर बिहान खाली पेटमा छानेर पिउने गर्दा उत्तम मानिन्छ । यी काटेका सामग्रीमा अधिकतम ३ पटकसम्म पानी मिसाएर पिउनु उत्तम मानिन्छ तर घटीमा पनि ३ घण्टा सामग्रीलाई डुबाइराख्नुपर्ने हुन्छ ।
डिटक्स पानी पिउँदा के फाइदा ?
नियमित रूपमा डिटक्स पानी पिउँदा स्वास्थ्य सम्बधी धेरै फाइदा पुग्ने विज्ञको ठहर छ र प्रमाणित पनि भएका छन् । ताजा फलफूल, तरकारी र जडीबुटी मिसाएर बनाउने हुँदा यसले पूर्ण रूपमा शरीरलाई फाइदा पुग्ने वैज्ञानिक तथ्यहरू पनि पुष्टि छन् । शरीरमा रहेको टक्सिनलाई हटाएर डिटक्स गर्ने हुनाले नै यो घुलित मिश्रण पानीलाई डिटक्स पानी भनिएको हो । तौल घटाउन र उच्च रक्तचापलाई सन्तुलनमा राख्न पनि यो खालको पानीले धेरै मद्दत पुर्याउँछ । खाना पचाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुर्याउन सहयोग पुर्याउँछ । शरीरमा ताजगी जगाउनुका साथै हँसिलो फुर्तिलो बनाउँछ । इनर्जीले बल बढाइ शरीरको रूपरंग नै परिवर्तन गर्न मद्दत पुर्याउँछ । अनुहारको चमकमा परिवर्तन ल्याउँछ ।
व्यञ्जन पस्कने सबैको आ–आफ्नै तरिका र स्टाइलहरू छन् । नेपालमा कसैले सालको पात प्रयोग गर्छन् त कसैले काँचका भाँडा त उपल्लो वर्गले चाँदीको । भारतमा पनि साउथ ईलाकामा केराको पातमा व्यञ्जन पस्कने परम्परा छ भने अन्...
अर्जुनमोहन भट्टराई केही दिनअघि तरकारी बजार कालिमाटीमा मोटरसाइकल लिएर तरकारी किन्न गए । खास मनपर्ने हरियो तरकारी नभेटेपछि एक मुठा साग किने । मोटरसाइकल स्टार्ट गर्न लाग्दा पार्किङ शुल्क उठाउन ...
दुर्गाप्रसाद खरेल बालकहरू व्यवहारिक हुँदैनन् । नानाथरी कल्पनामा रमाउने बालक परीका कथा मन पराउँछ, राक्षसले पहाड उखेलेर उठाएको अमूर्त कथा सुनेर रोमाञ्चित हुन्छ । अरूको आश्वासनमा विश्वास गर्छ र आफूले पनि अरुला...
मेडिटेरियन परिकार विश्वभरकै स्वस्थबर्द्धक खाना मानिन्छ । सबैजसो खानाका परिकारका लागि चाहिने सामग्री ताजा मात्र प्रयोग गर्नु र पकाएर भण्डारण नगरिने हुँदा यी खालका खानाका परिकार धेरै देशमा लोकप्रियता बढ्दै जानु ह...
म्यादी अर्थात् टेम्पोररी । नेपालमा चुनाव सञ्चालन गर्नका लागि शिक्षक वा अन्य सरकारी कर्मचारी खटिन्छन् र सुरक्षाका लागि भनेर अस्थायी प्रहरीको भर्ती लिने चलन छ । अस्थायी प्रहरीलाई भनिने ‘म्यादी’ यसपटकको नेप...
कुनै समय त्यस्तो थियो सबै खानाका परिकार माटोका भाँडामा पाक्थ्यो । आधुनिकतासँगै यो हाम्रो समाजबाट लोभ हुँदै गएको थियो तर पछिल्लो समय मटिया परिकार फेरि चर्चित र लोकप्रिय हुँदै गयो । पछिल्लो समय माटोक...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...