२९ असार २०८३, सोमबार
स्थानीय चुनाव

पोखरा महानगरमा गठबन्धन र एमालेले दर्ता गराए उम्मेदवारी

बैशाख १२, २०७९
पोखरा महानगरमा गठबन्धन र एमालेले दर्ता गराए उम्मेदवारी
गठबन्धनका उम्मेदवार ।

पोखरा महानगरपालिकामा नेपाली कांग्रेस सहितका ५ दलीय गठबन्धनका तर्फबाट महानगरपालिकाको प्रमुख पदमा धनराज आचार्य र उपप्रमुख पदमा कोपिला रानाभाटले उम्मेदवारी दर्ता गरेका छन् ।

नेकपा एमालेका तर्फबाट प्रमुख पदमा कृष्ण थापा र उपप्रमुख पदमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गरेका हुन् ।

पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा शहीद चोकस्थित निर्वाचन अधिकृतको कार्यालयमा उनीहरूले उम्मेदवारी दर्ता गरेका छन् ।

उम्मेदवारी दर्ताका क्रममा पत्रकारसँगको कुराकानीमा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार आचार्यले निर्वाचित भएसँगै पोखराको समुन्नति र आम पोखरेलीको अपेक्षा अनुरूप काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार थापाले निर्वाचित भएसँगै पोखरेलीको चाहना अनुरूप समृद्धि र विकासका लागि निरन्तर लाग्ने बताए ।

प्रमुख दलसहित अन्य राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्