२९ असार २०८३, सोमबार

जनाधार कमजोर भएको धुर्कोटमा माओवादीलाई जहिल्यै ‘लट्री’

बैशाख १७, २०७९
जनाधार कमजोर भएको धुर्कोटमा माओवादीलाई जहिल्यै ‘लट्री’

गुल्मीको धुर्कोट गाउँपालिका जनाधारको हिसाबमा नेकपा (माओवादी केन्द्र) कमजोर छ । 

एमाले र कांग्रेस बराबरजस्तै भएको पालिकामा माओवादीलाई भने ‘लट्री’ पर्दै आएको छ । 

गत निर्वाचन (२०७४) मा माओवादी र नेपाली कांग्रेस मिलेर एमालेविरुद्ध  मोर्चाबन्दी गरेका थिए । माओवादी केन्द्रका भूपाल पोखरेल अध्यक्ष र कांग्रेसका शिव केसी उपाध्यक्षमा निर्वाचित भएका थिए । 

अहिले फेरि देशभर सत्तारूढ गठबन्धन तालमेल भए पनि धुर्कोटमा फरक दृश्य देखिएको छ । पालिकामा अहिले एमाले र माओवादी केन्द्रबीच तालमेल गरी पुनः अध्यक्षमा पोखरेल दोहोरिएर उम्मेदवार बनेका छन् । 

गाउँपालिकाको उपाध्यक्षमा एमालेबाट सीता गिरीलाई अगाडि सारिएको छ । कांग्रेसबाट अध्यक्षको उम्मेदवार महेन्द्र भण्डारी र उपाध्यक्षमा कमला सुनार उम्मेदवार छन् । सुनार नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेकी हुन् । 

‘भाग्यमानी’ उम्मेदवार पोखरेल एमाले र माओवादीको मतबाट जित्ने जिल्लाका नेताहरू बताउँछन् । 

नेकपा एमाले गुल्मी अध्यक्ष बालसिंह काउछाले आसन्न स्थानीय तह निर्वाचनका लागि एमाले र माओवादी केन्द्रका बीचमा तालमेल गरिएको जानकारी दिए ।  धुर्कोटमा गाउँपालिका अध्यक्षका लागि एमालेबाट गोपाल कुँवर उम्मेदवार थिए । कुँवरले उम्मेदवारी फिर्ता गरेर पोखरेललाई समर्थन गरेर अगाडि बढेको काउछाले बताए । 

एमाले र माओवादी केन्द्रबीच तालमेल भएपछि एमालेबाट उम्मेदवारी दिएका कुँवरले उम्मेदवारी फिर्ता लिएका थिए । 

गाउँपालिका अध्यक्षमा एमालेले माओवादीलाई समर्थन गरेपछि उपाध्यक्षमा भने माओवादीले एमाले उम्मेदवार सीता गिरीलाई समर्थन गर्ने भएको छ । 

सहमतिअनुसार सात वडा रहेको धुर्कोटमा वडा नम्बर १ र ४ मा वडाध्यक्ष माओवादी केन्द्रबाट र बाँकी रहेका अन्य वडामा एमालेबाट वडाध्यक्षका उम्मेदवार छानिएका छन् । 

पोखरेल निर्वाचित भएपछि विकास निर्माणका कामसँगै किसान, महिला, युवालगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको स्थानीयवासी बताउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्