
नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरले स्थानीय तह निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र रूपमा उम्मेदवारी दिएका पार्टीका सङ्गठित सदस्यहरूलाई कारबाही गरेको छ ।
मकवानपुरगढी गाउँपालिकाका कृष्ण कँडेल, हेटौँडा उपमहानगरपालिका–५ का विशालराज महत, वडा नं. ११ का अक्कलबहादुर क्षेत्री, हेटौँडा–१९ का रत्नबहादुर ब्लोन र रमेश पौडेललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको एमालेले जनाएको छ ।
नेकपा (एमाले) मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठका अनुसार बागी उम्मेदवारका प्रस्तावक तथा समर्थकलाई समेत पार्टीको विधानअनुसार पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ । उनले पार्टीको आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिन पार्टीले गरेको निर्देशनलाई अवज्ञा गर्नेलाई कारबाही गरिएको बताए । गोरखापत्र दैनिकमा खबर छ ।