×

NMB BANK
NIC ASIA

सगरमाथामा स्वचालित मौसम केन्द्र

बैशाख २२, २०७९

NTC
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels

सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना भएको छ । नेपालको उत्तरी छिमेकी चीनले सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना गरेको हो ।

Muktinath Bank

यसअघि नै नेपालको समेत सहभागितामा सन् २०१९ मा सगरमाथा क्षेत्रमा पाँचवटा स्वचालित मौसम केन्द्र स्थापना गरिसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकास्थित नेसनल जिओग्राफी, त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय जल तथा मौसम विभाग र नेपाल सरकारको जल तथा मौसम विज्ञान विभागको संयुक्त पहलमा सगरमाथा क्षेत्रमा स्वचालित मौसम केन्द्र स्थापना गरिएको विभागका सूचना अधिकारी रामप्रसाद अवस्थीले जानकारी दिए । यो केन्द्र आठ हजार ४३० मिटरमा रहेको छ ।


Advertisment
Nabil box
Kumari

चीनले अहिले राखेको मौसम विज्ञान केन्द्र आठ हजार ८३० मिटरको उचाइमा राखिएको चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ । चीनले विश्वकै सबैभन्दा अग्लो स्थानमा राखिएको मौसम केन्द्र भएको दाबी गरेको छ ।

Vianet communication

‘पृथ्वी शिखर मिसन २०२२’ नाम दिइएको चिनियाँ वैज्ञानिकको सगरमाथा आरोहण टोलीमा १४ सदस्य रहेका थिए । टोलीका एक जना भने चिसोका कारण तल्लो आधार शिविरमा नै रहे । विभिन्न १६ वटा आरोहण दलसहित २७० जनाभन्दा बढीको चिनियाँ टोली गत महिना सगरमाथा उक्लेको हो । 

धेरै जना असहज मौमसका कारण बीचबाटै फर्के तर माथि उक्लने उत्कट चाहना बोकेका १४ जनाले भने एक समूह बनाएर अघि बढेका थिए । सोही टोलीले सगरमाथामा मौसम विज्ञान केन्द्र स्थापना गर्न सफल भएका हुन् ।

यस केन्द्रले स्वचालित रूपमा यहाँको मौसमी विवरणको तथ्याङ्क दिन सघाउने विश्वास लिइएको छ । चिनियाँ विज्ञान प्रतिष्ठानका वैज्ञानिक तथा अभियानका प्रमुख पर्वतारोही डेचेन गोड्रपले केन्द्र स्थापना भएपछि आधार शिविरमै रहेर उच्च हिमाली भेगको अध्ययन गर्न सहज हुने बताए ।

यस अभियानले हिमाली भेगमा उच्च प्रविधिको प्रयोगले जलवायु परिवर्तनको ढाँचा र उच्च भेगमा हरितगृह ग्यासको उपलब्धताको अध्ययन गर्ने लक्ष्य लिएको छ । जसले सर्वोच्च शिखरको संरक्षणका लागि नवीन वैज्ञानिक योजना बनाउन सघाउने अपेक्षा गरिएको छ । उक्त समूहले उच्च हिमाली भेगमा मौसम विज्ञानको स्वचालित अवलोकन गर्दै तथ्य सङ्कलन, शिखरमा हिउँको मोटाइ र हिउँको अवस्थितिको अवस्थाको नापजाँच गर्न थप राडारको प्रयोग गर्ने योजना बनाएको छ ।

सगरमाथामा रहेको मौसम केन्द्रले त्यहाँको वर्तमान मौसमी विवरणको जानकारीसँगै विश्वव्यापी तापक्रम वृद्धिको असरको मूल्याङ्कन गर्न सघाउ पुग्ने जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी रामप्रसाद अवस्थीले बताए तर यसको विश्लेषणका लागि कम्तीमा दस वर्षको तथ्याङ्क जरुरी हुन्छ ।  गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x