०८ साउन २०८३, शुक्रबार

सनराइज बैंकको सनराइज दोब्बर मुद्दती योजना, यस्ता छन् विशेषता

बैशाख २३, २०७९
सनराइज बैंकको सनराइज दोब्बर मुद्दती योजना, यस्ता छन् विशेषता

सनराइज बैंकले सनराइज दोब्बर मुद्दती योजना ल्याएको छ । 

आफ्नो बचतलाई निश्चित अवधिमा उच्चतम ब्याजदर प्रदान गर्न व्यक्तिगत ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम रु १००,००० जम्मा गरी मुद्दती खाता खोल्न सक्नेछन् । 

यो योजना अन्तर्गत सो रकम ७७ महिनामा दोब्बर भएर शत प्रतिशत प्रतिफल प्राप्त गर्न सकिने छ । 

मुद्दती योजनाको अन्तरालमा ग्राहकलाई रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन पनि सकिनेछ ।

यस्तै विशेष सुविधाहरूमा ग्राहकलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क मिनाहा गरिएको साथै उपलब्धताका आधारमा लकरको वार्षिक शुल्क समेत मिनाहा गरिएको छ ।  

यसै गरी ग्राहकहरुलाई सधै प्राथमिकतामा राख्दै आएको बैंकले ग्राहकहरुको बचत मात्र नभई उनीहरुको स्वास्थ्यमा पनि साथ दिदै हरेक बचत खाता स्वास्थ्य बीमा प्रदान गर्दै आएको छ । साथै नारीहरूलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य स्वरुप बैंकले नारी बचत खाता भएका महिलाहरुलाई रु ५ लाख सम्मको घातक रोग खर्च रु १०,००० सम्मको प्रसुती खर्च समेत प्रदान गर्दै  आएको छ ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा ए.टि.एम र ९० वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्