०१ साउन २०८३, शुक्रबार

अनुहारमा काला दागहरू आयो ? यो विधि प्रयोग गरी सजिलै हटाउनुस्

बैशाख २३, २०७९
अनुहारमा काला दागहरू आयो ? यो विधि प्रयोग गरी सजिलै हटाउनुस्

अनुहारमा काला दागहरू आएर हैरान हुनुहुन्छ ? वा अनावश्यक चिल्लोपना भएर तनावमा हुनुहुन्छ ? 

त्यसो हो भने यहाँ ५ तरिकाको प्रयोगबारे चर्चा गरिएको छ । जसको प्रयोग गरी सहजै त्यस्ता दागहरू हटाउन सकिनेछ । 

यी ५ विधि, जसको प्रयोगले सहजै हट्छ अनुहारको कालो दाग

१. अण्डा

एक कचौरामा अण्डा राख्नुहोस् । जसमा एक चम्चा मह मिसाउनुहोस् । यसको मिश्रण कालो दाग भएको ठाउँमा लगाउनुहोस् । अब यसलाई १५–२० मिनेट सुक्न दिनुहोस् । त्यसपछि मनतातो पानीले धुनुहोस् । हप्तामा दुई पटक यो विधि अपनाउने हो भने काला दागहरू सहजै हटाउन सकिन्छ ।

२. बेकिङ सोडा

एक चम्चा बेकिङ सोडामा २ चम्चा पानी मिसाउनुहोस् र पेस्ट बनाउनुहोस् । अब त्यो पेस्टलाई कालो दाग भएको ठाउँमा लगाउनुहोस् । १०–१५ मिनेटपछि धुनुहोस् । यसले एक्सपोलिएटरको काम गर्छ र अनुहारमा भएको तेल समेत सोस्ने गर्छ । 

३. ग्रीन टी 

एक चम्चा ग्रीन टीको पत्तालाई पानीमा मिलाएर पेस्ट गर्नुहोस् । यसलाई अनुहारमा लगाउनुस् । २० मिनेटपछि मनतातो पानीले धुनुहोस् । 

४. केराको बोक्रा 

काला दागहरू हटाउनका निम्ति केराको बोक्रा समेत लाभदायी हुन्छ । केराको बोक्राको भित्रको भागले काला दाग भएको ठाउँमा रगड्नुहोस् । यसले कालो दाग सहजै हट्छ । 

५. बेसार

एन्टीओक्सिडेन्ट्सले भरिपूर्ण बेसार अनुहारको कालो दाग हटाउन अचुक औषधि हुन्छ । बेसारमा आवश्यकता अनुसार नरिवलको तेल मिलाउनुहोस् र पेस्ट बनाउनुहोस् । त्यो पेस्टलाई अनुहारमा लगाउनुहोस् र १०–१५ मिनेट राख्नुहोस् र धुनुहोस् । यो विधि हप्तामा २–३ पटकसम्म अपनाउनु लाभकर हुने चिकित्सकहरू बताउँछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्